आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन २५, २०८१
|
|
७१ पटक हेरिएको
Shares
आपराधिक विश्वासघातको मुद्दा खेपेका ५ जना इस्कोनबाट निष्कासित

सारांश

  • आपराधिक विश्वासघात र ठगीको मुद्दा खेपेका पाँच जना नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)बाट निष्कासित भएका छन् ।
  • इस्कोनले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई निष्कासन गरेको जनाएको छ ।
  • संघको विज्ञप्तिमा उल्लेख गरिए अनुसार निष्कासनमा पर्नेहरुमा बसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव (सिद्धस्वरुप दास), मनिष राई (विपिन बिहारी दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) छन् ।

२५ फागनु, काठमाडौं । आपराधिक विश्वासघात र ठगीको मुद्दा खेपेका पाँच जना नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन)बाट निष्कासित भएका छन् ।इस्कोनले एक विज्ञप्ति जारी गर्दै पाँच जनालाई निष्कासन गरेको जनाएको छ । संघको विज्ञप्तिमा उल्लेख गरिए अनुसार निष्कासनमा पर्नेहरुमा बसन्त पराख गुरुङ (भक्तिसिद्धान्त दास), शैलेन्द्र यादव (सिद्धस्वरुप दास), मनिष राई (विपिन बिहारी दास) र खगेन्द्र बहादुर बस्नेत (खगराज अच्युत दास) छन् ।

उनीहरुले इस्कोनको ट्रेडमार्क समेत दुरुपयोग गरेर मोरङ, सुनसरी, झापा, सिरहा, पश्चिम नवलपरासीलगायतका जिल्लाहरुमा गैह्रकानूनी काम गरेको इस्कोनले उल्लेख गरेको छ । उनीहरुविरुद्ध आपराधिक विश्वासघात र ठगीको कसुरमा समेत मुद्दा चलेकाले निश्कासन गरेको उल्लेख गरिएको छ । उनीहरुले इस्कोनको ट्रेडमार्क चोरेर यस्तै प्रकृतिको अर्को संस्था खडा गरी अवैध गतिविधि गरेको आरोपमा ‘इस्कोन प्रभुपाद’विरुद्ध मुद्दा अदालतसम्म पुगेको छ । २०४७ सालमा नेपालमा दर्ता भएको विश्वव्यापी इस्कोनको नक्कल गर्दै जनमानसमा भ्रम सिर्जना गरेको आरोप प्रभुपादमाथि छ ।

मोरङस्थित विराटनगर ट्राफिक चोकमा इस्कोन प्रभुपाद संस्था खडा गरेर रकम उठाएको, आफ्नो लोगो तथा ट्रेडमार्क चोरेर यस्तै प्रकृतिको अर्को नक्कली संस्था खडा गरेको भन्दै इस्कोनले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी हालेको थियो । प्रशासन इस्कोन प्रभुपाद खारेज समेत गरेको थियो । प्रशासनले संस्था खारेज गरेपछि प्रभुपाद जिल्ला अदालत मोरङ पुगेको थियो । १४ कात्तिक २०८१ मा मोरङ जिल्ला अदालतमा प्रशासनको आदेश कार्यान्वयन नगर्न र नगराउन भन्दै प्रभुपादले अन्तरिम आदेश समेत माग गरेर पुनरावेदन दर्ता गराएको थियो । मोरङ जिल्ला अदालतले १३ मंसिरमा संस्था खारेज गर्ने प्रशासनको उक्त आदेश

कार्यान्वयन नगर्न भन्दै बदर गरियो भने प्रभुपादको पक्षमा अन्तरिम आदेश समेत जारी गरेको थियो । प्रशासनबाट भएको संस्था खारेज जिल्ला अदालतले उल्ट्याउँदै अन्तरिम आदेश दिएपछि इस्कोन भने उच्च आदलत विराटनगर पुगेको थियो । १० माघ २०८१ मा उच्च अदालत विराटनगरले भने अन्तरिमकालीन आदेश रीतपूर्वक नभएको भन्दै बदर गरिदियो । संस्था खारेज गर्ने प्रशासनको आदेशलाई उच्चले सदर गरेपछि उक्त संस्था अहिले खारेजीकै अवस्थामा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
सौर्य एयर दुर्घटना: मृतकका परिवारले माग पूरा नभएसम्म शव नबुझ्ने
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सचिवालय बैठक आज बस्दै
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
किन मनाइन्छ हरितालिका तीज ? यस्ता छन् तीजबारे पौराणिक प्रसंगहरु
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
हुम्लामा मोटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु
सिमरा प्रकरणपछि ओलीले भने- सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?
सिमरा प्रकरणपछि ओलीले भने- सभा गर्न नदिनेले चुनाव कसरी गर्छ ?
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
तिहारअघि खुर्कोट-मन्थली पुल सञ्चालनमा ल्याउने तयारी
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
राजविराज कारागारबाट भाग्ने प्रयास गरेका १९२ कैदी सेनाको नियन्त्रणमा
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
सर्वोच्चले माग्यो बेचन झा मुद्दाका कागजात
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
एमाले गण्डकी प्रदेश सदस्य छन्त्याल माओवादी केन्द्रमा प्रवेश
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने
मधेश सरकारको अबको योजना कम्तिमा एक करोडको हुने