बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बराह सहकारीमा ११ अर्ब ठगी प्रकरण: ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश, ३ जना धरौटीमा छुटे

सारांश

  • बचतकर्ताको पौने ११ अर्ब ठगी गर्ने सुनसरीको धरानमा मुख्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका ८ जना सञ्चालकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्ष राखेर अनुसन्धान गर्ने आदेश दिएको छ ।
  • जिल्ला अदालत सुनसरीका न्यायाधीश मुकेश उपाध्यायको इजलासले विहीबार पक्राउ परेका ११ सञ्चालक मध्ये ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदै तीन जनालाई जनही ५ लाख धरौटीमा छाडने आदेश दिएको हो ।
  • सहकारीका मुख्य सञ्चालक तथा अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) मानवहादुर विश्वकर्मा र गंगा कालिकोटे फरार छन् ।

 

२३ फागुन,  विराटनगर । बचतकर्ताको पौने ११ अर्ब ठगी गर्ने सुनसरीको धरानमा मुख्यालय रहेको बराह बचत तथा ऋण सहकारी संस्थाका ८ जना सञ्चालकलाई जिल्ला अदालत सुनसरीले पुर्पक्ष राखेर अनुसन्धान गर्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीका न्यायाधीश मुकेश उपाध्यायको इजलासले विहीबार पक्राउ परेका ११ सञ्चालक मध्ये ८ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिँदै तीन जनालाई जनही ५ लाख धरौटीमा छाडने आदेश दिएको हो ।

सहकारीका मुख्य सञ्चालक तथा अध्यक्ष शिवकुमार विश्वकर्मा (लामिछाने) मानवहादुर विश्वकर्मा र गंगा कालिकोटे फरार छन् । लामिछानेकी पूर्वपत्नी रिना राई, सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरवहादुर महत, अस्मिता भण्डारी, पूर्वसञ्चालक तथा लेखा सुपरीवेक्षण संयोजक सुदिन विक, ऋण उपसमित पूर्वसदस्य याम्बा भनिने इन्दुकुमार ल्वागुन, लेखापाल अर्पणा श्रेष्ठ र रवि पोर्तेल सुनारलाई अदालतले पूर्पक्ष थुनामा राख्ने आदेश दिँदा जतनमाया विश्वकर्मा, सरिता कालिकोटे र विष्णुमारी तुलाधरलाई जनही ५ लाख धरौटीमा छाडने आदेश दिएको अदालतले जनाएको छ । विश्वकर्मा समूहको यो सहकारीले ४ हजार १६८ जनाको १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बचत ठगी गरेको भन्दै प्रहरीले अभियोग पत्र बुझाएपछि सुनसरी जिल्ला अदालतको सरकारी वकिल कार्यालयले २६२ जना विरुद्ध मुद्दा दायर गरेको थियो । त्यसमा ऋण लिएर नतिर्ने २१० जना ऋणीलाई पनि प्रतिवादी बनाइएको थियो ।

सहकारीका ३५ जना सञ्चालकलाई संगठीत अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ बमोजिम कसुरमा मुद्दा र बाँकीलाई सहकारी ऐन २०७४ बमोजिम सजाय माग गर्दै गत विहीबार मुद्दा दायर गरिएको थियो । सहकारीका ४ हजार १६८ जना बचतकर्ता मध्य २८१ ले प्रहरी समक्ष जाहेरी दिएका थिए ।विश्वकर्माले बचतकर्ताको रकम विभिन्न दुई दर्जन कम्पनीमा लगानी गरेको पाइएको छ । सुनसरीको धरानमा रहेको बराह बचत तथा ऋण सहकारी संस्था र काठमाडौंमा रहेको अभिमत बचत चथा ऋण सहकारी संस्थामा लगानी गरेको बताइएको छ । प्रहरी अनुसन्धानले सहकारीमा १ अर्ब १८ करोड वाह्य दायित्व र ज्वेलरीमा करिव ९ अर्ब ४५ करोड वाह्य दायित्व रहँदा ४० करोड रुपैया विभिन्न निजी कम्पनीमा लगानी गरेको ठहर गरेको थियो । प्रहरीको अनुसन्धान अनुसार सर्वसाधारणले सहकारीमा बचत गरेको रकम स्वदेशमा मात्र नभएर विदेशमा पुर्‍याएको खुलेको छ ।

त्यसकै आधारमा ज्वेलरीको बचतमा रहेको ९ अर्ब ४५ करोड मध्य २७ करोड दुवई र हङकङमा लगानी गरेको प्रहरीले पुष्टि हुँदा बाँकी ९ अर्ब १८ करोड कहाँ लगानी गरेको खुलेको छैन । बचतकर्ताको रहक हङकङमा ६५ कारोबारमार्फत १ करोड ६७ लाख ९९ हजार ८५५ रुपैयाँ र दुबईमा २ करोबारमार्फत १ लाख ऋण लगानी भएको खुलेको छ । त्यसैगरी न्यू बाराही सेभिङ एण्ड क्रेडिटको नाममा ३७३ कारोबार मार्फत १५ करोड ८८ लाख ७ हजार ६९३ रुपैयाँ ऋण लगानी भएको प्रहरी अनुसन्धानले पुष्टि गरेको छ । बराह समुहले सहकारीको पासबुक देखाई ज्वेलरी मार्फत गैरकानूनी रुपमा बचत संकलन र ऋण लगानी गरी नियामकलाई अटेर गर्दै वार्षिक लेखापरीक्षण, साधारणसभा समेत नगरी बचत संकलन गरी अपचलन गरेको प्रहरी अनुसन्धानले पुष्टि गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नगर कार्यपालिकाको कार्यालय कविलासी सर्लाहीको सार्वजनिक अनुरोध !!!
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
श्रीपुरमा विद्युत् सर्टबाट आगलागी, एक घर पूर्ण रूपमा जलेर नष्ट, करिब २६ लाखको क्षति
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
सामाजिक सञ्जालको विकृति रोक्न ऐन संशोधन जरुरी : मन्त्री खरेल
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
लप्सीफेंदीमा प्रहरी र स्थानीयको झडपले तनाव, १३ जना हिरासतमा
शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू
शिक्षकहरूलाई प्रचण्डको अपिल- पटकपटक धोका भएको छ, आन्दोलन नरोक्नू
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
सुदूरपश्चिमले दियो पुलिसलाई १९२ रनको लक्ष्य, नारायणको अर्धशतक
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
रवि लामिछानेको रिट आज पनि हेर्दाहेर्दैमा
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
मोरङका सीडीओ सटरमा, दाताको सहयोगमा बन्दैछ कार्यालय
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान
राष्ट्रिय दलित पत्रकार संघ बाराद्वारा नव- निर्वाचित पत्रकारहरुलाई सम्मान