गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
गरुडाका १० निजी अस्पताल नियमविपरीत सञ्चालन, बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

सारांश

  • मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा सञ्चालित निजी अस्पताल अनुगमन गरेका छन् ।
  • अनुगमनका क्रममा १० अस्पताल नियम विपरीत सञ्चालन भइरहेको पाइएको छ ।
  • गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेका अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि, सरस्वती हस्पिटल प्रालि तथा वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

२३ फागुन, जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले रौतहटको गरुडा नगरपालिकामा सञ्चालित निजी अस्पताल अनुगमन गरेका छन् । अनुगमनका क्रममा १० अस्पताल नियम विपरीत सञ्चालन भइरहेको पाइएको छ ।

गरुडा नगरपालिका वडा नम्बर ४ मा रहेका अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि, सरस्वती हस्पिटल प्रालि तथा वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालि अवैध रूपमा सञ्चालनमा रहेको पाइएको मुख्यमन्त्री सिंहको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री सिंहले कानुन विपरीत सञ्चालित अस्पतालहरू बन्द गरी आवश्यक प्रक्रिया पूरा गरेर मात्र सेवा सञ्चालन गर्न निर्देशन दिएको मुख्यमन्त्री सिंहका प्रेस सल्लाहकार अनिल कुमार कर्णले जानकारी दिए । कर्णका अनुसार यी अस्पतालले सेवा सञ्चालनका लागि आवश्यक अनुमति लिएका थिएनन् । केहीले अनुमति लिए पनि चार–पाँच वर्षदेखि नवीकरण नगरेको पाइएको छ । त्यस्तै, केही अस्पतालले स्थानीय तहबाटै तोकिएको भन्दा बढी शय्या अनुमति लिएको देखिएको छ, जुन कानुनअनुसार अवैध मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
साउदी अरेबियालाई नेपालले दियो ३४८ रनको लक्ष्य
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
भारतीय गाडीबाट ९५ केजी गाँजासहित एकजना पक्राउ
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
पोखराका १ सय २९ कर्मचारीमध्ये १९ जनाको स्थायी नियुक्ति अदालतबाट सदर
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
आईपीओमा कमिसन प्रकरण: धितोपत्र बोर्डमा अख्तियारको छापा
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
२७ दिनपछि इनिशाको शव बुझ्न परिवार सहमत, आज दाहसंस्कार गरिंदै
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
बैंकिङ प्रणालीबाट ८५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक