Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन १९, २०८१
|
|
३४ पटक हेरिएको
Shares
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक

सारांश

  • राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
  • राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ ।
  • इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।

 

१९ फागुन,  काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक र वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्ने निर्णय गरेको छ। राष्ट्र बैंकको विभिन्न कोषमा रहेको ४ अर्ब ७९ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

राष्ट्र बैंकले कुल रकममध्ये ३ अर्ब २० करोड ६५ लाख रुपैयाँ वाणिज्य बैंकमा, ६० करोड ११ लाख रुपैयाँ राष्ट्रिय स्तरका विकास बैंकमा र बाँकी २० करोड ३ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने भएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ । यसका लागि बैंक तथा वित्तीय संस्थाले फागुन २० गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दती निक्षेप सन् २०२५ मार्च १२ देखि सन् २०२६ मार्च १२ सम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ । बैंक तथा वित्तीय संस्था सञ्चालनमा आएको कम्तीमा २ वर्ष पुरा गरेको, न्यूनतम पुँजीकोष कायम भएको, निष्क्रिय कर्जा सापटीको ५ प्रतिशत भन्दा कम भएको, तरल सम्पत्ति खुद निक्षेपमा कम्तीमा २० प्रतिशत वा सो भन्दा बढी भएको, रियल स्टेट कर्जा तोकिएको भन्दा कम नभएको लगायतका सर्त पुरा गरेको हुनुपर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
सामुदायिक वनमा आगो लगाउने दुई जना पक्राउ
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
काठमाडौँको तरकेश्वोरमा दुई गाडी ठोक्किँदा तीन जनाको मृत्यु
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
सम्बोधनका क्रममा ट्रम्पलाई अवरोध गर्ने डेमोक्रेट सांसदलाई बाहिर निकालियो
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
जगमानले पाए राजावादी आन्दोलनको जिम्मा
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
कांग्रेस संस्थापन पक्षको भेला : विशेष समय सान्दर्भिक छैन नियमित महाधिवेशन गरौं
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
दलका जेनजीहरु भन्छन्: ‘मागहरु जायज छन् तर नेतृत्व र प्रक्रियामा खुशी छैनौं’
जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ
जबरजस्ती करणीको आरोपमा एकीकृत समाजवादीका स्याङ्जा अध्यक्ष पक्राउ
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु
रास्वपाको ‘सक्षम सांसद, सशक्त संसद्’ प्रशिक्षण आजदेखि सुरु