सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन १७, २०८१
|
|
३३ पटक हेरिएको
Shares
सिन्धुलीमा विद्युतीय गाडी दुर्घटना हुँदा ८ जना घाइते

सारांश

  • झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.
  • प्र.
  • ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

१७ फागुन, सिन्धुली सिन्धुलीको बिपी राजमार्गअन्तर्गत सुनकोसी गाउँपालिका–५ मुल्कोटमा आज दिउँसो भएको सवारी दुर्घटनामा आठ जना घाइते भएका छन्। झापाबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र. ०२–००१ ज ००६ नम्बरको विद्युतीय गाडी तीव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको डिभाइडरमा ठोक्किएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले बताए।

दुर्घटनामा घाइते हुनेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ५२ वर्षीया विष्णुमाया लालचन, ५६ वर्षीया यमकुमारी हिराचन, ५८ वर्षीया पदमकुमारी जुवारचन, ३० वर्षीया हानानी जुवारचन, १६ वर्षीया हास्मी जुवारचन, ६२ वर्षीय जनकलाल हिराचन, ५६ वर्षीय शक्तीलाल जुवारचन र सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी १९ वर्षीय सहचालक निशान तामाङ रहेका छन्।

प्रहरी उपरीक्षक काफ्लेका अनुसार घाइतेको अवस्था खतरामुक्त छ। घाइतेलाई थप उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ। सवारी चालक, सिन्धुलीको कमलामाई नगरपालिका–७, रामपुर निवासी २४ वर्षीय सुजन बल भने सकुशल रहेका छन्। घटनाको प्रारम्भिक अनुसन्धानका आधारमा गाडी तीव्र गतिमा रहेको र त्यसकै कारण अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरी उपरीक्षक काफ्लेले बताए। सवारी चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ
लागुऔषधको गोदाममा छापा, चारजना पक्राउ
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
जनज्योतिको स्ववियु सभापतिमा अनेरास्ववियुका सिंह निर्वाचित
१३ वर्षमा पनि नबनेपछि कमला पुलको ठेक्का तोड्ने तयारी
१३ वर्षमा पनि नबनेपछि कमला पुलको ठेक्का तोड्ने तयारी
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी नियुक्ति लिएपछि कर्मचारी परे अख्तियारको फन्दामा
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
कोलम्बिया भूकम्प : मृ*तकको संख्या १३२ पुग्यो, सयौं बेपत्ता
बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै
बन्धक वार्ताका लागि इजरायली प्रतिनिधिमण्डल कतार जाँदै
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
सेतो कोटसहित चिकित्सकहरू सडकमा, बिरामीको बिचल्ली
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन
काठमाडौंको बौद्धमा ‘हरिमा जापानिज रेस्टुरेन्ट’ सञ्चालनमा, जापानी राजदूतद्वारा उद्घाटन