मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन १६, २०८१
|
|
४५ पटक हेरिएको
Shares
मार्चदेखि चीनलाई थप १० प्रतिशत भन्सार शुल्क लगाउँछु: ट्रम्प

सारांश

  •   साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।
  • विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ।
  • यसअघि ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिल देखाउँदै  क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए।

१६ फागुन, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत थप शुल्क लगाउने घोषणा गरेका छन्।  साथै उनले ‘अस्वीकार्य’ लागुपदार्थ तस्करीका कारण देखाउँदै क्यानाडा र मेक्सिकोलाई आगामी हप्ता शुल्क लगाउने योजना अघि बढाउने पनि बताएका छन्।

विश्वभरका अघिल्लो दिनको नोक्सानीलाई पछ्याउँदै शुक्रबार एसियामा खुल्ने बजारहरूमा रिपब्लिकन राष्ट्रपति ट्रम्पको यो पछिल्लो टिप्पणीले विश्वव्यापी व्यापार युद्धको डर फैलाएको छ। यसअघि ट्रम्पले अवैध आप्रवासन र घातक फेन्टानिल देखाउँदै  क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने घोषणा गरेका थिए। ट्रम्पले बिहीबार सामाजिक सञ्जालमा फेन्टानिल आयात बन्द हुँदैन तबसम्म ‘वा गम्भीर रूपमा सीमित हुँदैन’ प्रस्तावित भन्सार शुल्कलागु हुने उल्लेख गरेका छन्।

‘चीनलाई पनि त्यही मितिमा १० प्रतिशत थप शुल्क लगाइनेछ’, उनले मार्च ४ को सन्दर्भमा भने। यस महिनाकै सुरुमा ट्रम्पले चीनबाट आयात हुने सामानमा १० प्रतिशत शुल्क वृद्धि गरेका थिए।  एक अमेरिकी अधिकारीले फेन्टानिलका कारण लगाइएको शुल्कमा नयाँ १० प्रतिशत शुल्क थपिएको पुष्टि गरेका छन्।  फेन्टानिल मुद्दा सम्बोधनका लागि वासिङ्टनले तीनवटै देशविरुद्ध कारबाही गर्नुपर्ने ती अधिकारीको भनाइ छ।

चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्ताओले बिहीबार वासिङ्टनको अघिल्लो १० प्रतिशत शुल्कप्रति चिन्ता व्यक्त गरे।  चीनले यसको दृढतापूर्वक विरोध गर्छ र जवाफी कदम चालेको छ’, नवनियुक्त अमेरिकी व्यापार प्रतिनिधि (यूएसटीआर) जेमिसन ग्रिरलाई लेखेको पत्रमा वाङले भने। ट्रम्पको खतराबाट आफ्नो अर्थतन्त्र जोगाउने योजना बनाउन चिनियाँ नेतृत्वको बैठक अर्को हप्ता बस्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
इरान भन्छ- कुटनीति र वार्ता राष्ट्रिय हितमा हुनुपर्छ, अमेरिकासँग क्षतिपूर्तिको माग गर्छाैँ
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
ललितपुर प्रहरीद्वारा एम्बुलेन्सबाट लागुऔषध बरामद
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
लमजुङको सहकारी सेवा केन्द्र प्रमुख थुनामा, गाउँकार्यपालिका सदस्यसँग ८५ लाख धरौटी माग
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
मेरो कार्यकालमा भारत र चीनसँग सन्तुलित सम्बन्ध थियो : प्रचण्ड
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै एकीकृत समाजवादी
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
जाजरकोटमा ट्र्याक्टरको ठक्करबाट एकको मृत्यु
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
बालेनले ओलीलाई भने– जति भ्रम फैलाए पनि, हामी तपाईँको कार्यकर्तासँग झुक्दैनौँ
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न संसदीय समितिको निर्देशन
सेहरी र धजाहाका ५६ घर जलमग्न
सेहरी र धजाहाका ५६ घर जलमग्न
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो
सांसदहरुले भने : दलितहरुप्रतिको क्षमायाचना ऐतिहासिक काम हो