राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ति पार्टीले गाउँ–गाउँ ४५ दिने अभियान चलाउने
१५ फागुन, काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी, नेपालले संगठन विस्तार, प्रशिक्षण तथा अर्थ संकलन अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी अध्यक्ष राजेन्द्र महतोले ४५ दिने संगठन विस्तार अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए ।
‘२०८१ माघ ८ गते निर्वाचन आयोगबाट विधिवत रूपमा दल दर्ता भइसकेकाले अब संगठनलाई स्थानीयस्तरसम्म मजबुत बनाउन चैत १ देखि वैशाख १५ गतेसम्म अभियान सञ्चालन गरिनेछ,’ उनले भने । अध्यक्ष महतोका अनुसार अभियानमार्फत पार्टीलाई स्थानीयस्तरमा सक्रिय बनाइने छ । ‘संगठनलाई गाउँ–गाउँसम्म पु र्याउने, प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने र आवश्यक आर्थिक स्रोत संकलन गर्ने मुख्य लक्ष्य रहेको छ,’ उनले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment