२६ जेष्ठ २०८२, आईतवार

तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा एक जनाको मृत्यु

 

१५ फागनु, काठमाडौं । तीनकुनेमा तीन वटा सवारी ठोक्किंदा मोटरसाइकलमा सवार युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा ललितपुरको लेले घर भएकी २२ वर्षीया रिता नेवार छिन् । उपचारको क्रममा बुधबार राति केएमसी अस्पताल सिनामंगलमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीनकुनेस्थित सडकमा प्र.३–०३–००१ प ९७३६ नम्बरको मोटरसाइकलमा उनी सवार थिइन् । उक्त मोटरसाइकललाई बा–०३–००१ क ११७५ नम्बरको टिपरले ठक्कर दिएको थियो । टिपरले ठक्कर दिएपछि उक्त मोटरसाइकल बा५ख १५४६ नम्बरको बसमा ठोक्किएको थियो । प्रहरीले बस र टिपरका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?