अवाञ्छित गतिविधि गरेको आरोपमा पशुपति क्षेत्रबाट ७५ जना पक्राउ
१४ फागुन, काठमाडौं । पशुपति क्षेत्रबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको छ । महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा अवाञ्छित गतिविधि गरेको आरोपमा प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराका अनुसार उच्छृङ्खल गतिविधि गरेको, लागूऔषध गाँजा खाएर
हो–हल्ला गरेको तथा अभद्र व्यवहार गरेको पाइएपछि उनीहरूलाई नियन्त्रण गरिएको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त गौशाला र परिसर टेकुमा राखिएको छ । अवस्था हेरेर पक्राउ परेकाहरूलाई छाड्ने तथा कारबाही प्रक्रिया अघि बढाइने उनले बताए । पशुपतिको सुरक्षाका लागि तीन सिफ्टमा गरेर ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिएको छ । एसपी बोहोराका अनुसार पशुपतिमा अहिलेसम्म लगभग २ लाख ३५ हजार जनाले दर्शन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment