उदित नारायण झालाई जेठी श्रीमतीले हालिन् मुद्दा

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३७ पटक हेरिएको
Shares
उदित नारायण झालाई जेठी श्रीमतीले हालिन् मुद्दा

सारांश

  • हालै उनकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध भरणपोषणको मुद्दा दायर गरेकी छन् ।
  • रञ्जनाले उदित नारायणले आफ्नो अधिकार खोसेको र सम्पत्ति हडपेको आरोप लगाएकी छन् ।
  • उदित नारायण सुपौल परिवार अदालतमा उपस्थित भए, जहाँ उनले कुनै पनि सम्झौतामा सहमत हुन अस्वीकार गरे ।

१३ फागुन, काठमाडौँ : सार्वजनिक मञ्चमा महिला प्रशंसकलाई चुम्बन गरेको विवादपछि चर्चित गायक उदित नारायण झा अर्को कानूनी झमेलामा परेका छन् । हालै उनकी जेठी श्रीमती रञ्जना झाले उनीविरुद्ध भरणपोषणको मुद्दा दायर गरेकी छन् । रञ्जनाले उदित नारायणले आफ्नो अधिकार खोसेको र सम्पत्ति हडपेको आरोप लगाएकी छन् ।

उदित नारायण सुपौल परिवार अदालतमा उपस्थित भए, जहाँ उनले कुनै पनि सम्झौतामा सहमत हुन अस्वीकार गरे । एनबीटीको एक रिपोर्टअनुसार, उदित नारायणले रञ्जना झामाथि बारम्बार पैसा लिने आरोप लगाएका छन् । यसअघि पनि रञ्जनाले बिहार महिला आयोगमा उजुरी दिएकी थिइन् । दुवै पक्ष यो मुद्दामा समझदारी गर्न पुगेका थिए । रिपोर्ट अनुसार, उदित नारायणले पहिले रञ्जनालाई महिनामा १५ हजार रूपैयाँ पठाइरहेका थिए पछि २०२१ मा बढाएर २१ हजार रूपैयाँ पुर्‍याइएको थियो ।

उदित नारायणले आफ्नो जेठी श्रीमतीलाई खेती गर्नका लागि एक खेत र एक घर दिएको बताएका छन् । जसको मूल्य करिब १ करोड रूपैयाँ रहेको बताइन्छ । पछि विहार महिला आयोगले पत्ता लगायो कि उदितले आफ्नी श्रीमतीलाई २५ लाख रूपैयाँका गहना र जग्गा दिएका थिए। तर, रञ्जनाले ती दुवै बेचेको आरोप लागेको छ । रञ्जनाले आफ्ना कानूनी प्रतिनिधिमार्फत् उमेर ढल्कँदै गएकाले अब आफ्नो श्रीमान्‌सँगै बस्न चाहेको बताएकी छन् । उनले जीवनको बाँकी समय उदित नारायणसँगै बिताउने इच्छा व्यक्त गरेकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
‘विकास निर्माणको अनुगमनसँगै जनतासँग जोडिन अभियान सञ्चालन’
सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी
सुनिल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा दायर, २३ करोड ७५ लाख बिगो दाबी
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्तामा आचार्य
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारी ठगहरुलाई कारबाही गर्छौं : उपप्रधानमन्त्री सिंह
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज फूलबारी लिला मनाइँदै
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
जनकपुरले लुम्बिनीलाई दियो १३३ रनको लक्ष्य
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
रास्वपाको दाबी- भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक संलग्न भएको यथेष्ट प्रमाण छ
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
राष्ट्रपति पौडेललाई अख्तियारले बुझायो बार्षिक प्रतिवेदन
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
बालुवाटारमा सुरु भयो मन्त्रिपरिषद् बैठक, शिक्षक आन्दोलनबारे के होला निर्णय ?
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने
सङ्घीय संसद्को हिउँदे अधिवेशन आजबाट, प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने