ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
२८ पटक हेरिएको
Shares
ओली सरकारलाई फोहोर उठाउनेहरूको पाप लाग्ला : सांसद् ज्ञानेन्द्र शाही

सारांश

  • काठमाडौं महानगरपालिकालगायत देशका धेरै नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले स्थानीय तहमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी, निजामति कर्मचारी र सरसफाइ कर्मचारीले तलब खान नपाएको भन्दै उनले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका हुन्।
  • गाउँ–गाउँमा सिंह गयो दरबार गएन।
  • यो ओली सरकारबाट जनताको कहिल्यै पनि भलो भएन,’ उनले भने, ‘काठमाडौं महानगरपालिकालगायत देशका धेरै नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्।

 

१३ फागुन, काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले सरकारले कर्मचारीलाई रोकेर देशभरको स्थानीय तहलाई ठप्प पारेको आरोप लगाएका छन्।

काठमाडौं महानगरपालिकालगायत देशका धेरै नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नभएकाले स्थानीय तहमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी, निजामति कर्मचारी र सरसफाइ कर्मचारीले तलब खान नपाएको भन्दै उनले तत्काल प्रमुख प्रशासकीय अधिकृत पठाउन माग गरेका हुन्। गाउँ–गाउँमा सिंह गयो दरबार गएन। यो ओली सरकारबाट जनताको कहिल्यै पनि भलो भएन,’ उनले भने, ‘काठमाडौं महानगरपालिकालगायत देशका धेरै नगरपालिका र गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत छैनन्।

स्थानीय तहमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी, निजामति कर्मचारी र सरसफाइ गर्ने कर्मचारीले तलब खान पाएका छैनन्। ओली सरकारलाई त्यसको पाप लाग्ला।’ आज देशभर हालत बेहाल बनाइएको भन्दै उनले प्रमुख प्रशासकीय अधिकृत केन्द्रबाट रोकेर ठप्प पारिएको भन्दै त्यसको घोर घोर भर्त्सना गरे। उनले भने, ‘नयाँ साथीहरुबाट डर लाग्छ भने अर्को पालीदेखि स्थानीय तहको चुनाव नगराए पनि हुन्छ। आफ्ना आसेपासेलाई अबिर जात्रा गराएर घोषण गर्नुस्। सरकारको आडमा कर्मचारीलाई रोकेर देशभरका स्थानीय तहलाई ठप्प पार्न पाइँदैन।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?