वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
८२ पटक हेरिएको
Shares
वीरगञ्ज नाका हुँदै ७ महिनामा १ खर्ब ४ अर्बको पेट्रोलियम पदार्थको आयात

सारांश

  •  चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।
  • गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो ।
  • वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए ।

१३ फागुन, वीरगञ्ज (पसा) ।  चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै १ खर्ब ४ अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।

गत आवको ७ महिनाको तुलनामा चालु आवको सोही अवधिमा ८४ करोड बढीको पेट्रोलियम पदार्थ आयात भएको हो । वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीले चालु आवको पछिल्ला महिनामा पेट्रोलियम पदार्थको आयात र राजस्व दुवैमा वृद्धि भएको बताए । पूर्वाधार निर्माणको सिजन सुरु भएकाले पनि पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएको हो”, उनले भने । गत आवको ७ महिनाको अवधिमा भने एक खर्ब ३ अर्ब ९२ करोड मूल्य बराबरको पेट्रोलियम पदार्थको आयात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको सात महिनाको अवधिमा सबैखालका पेट्रोलियम पदार्थको आयातबाट ४३ अर्ब ११ करोड राजस्व संकलन भएको छ । जबकी गत आवको सोही अवधिमा सबैखालको पेट्रोलियम पदार्थको आयातबाट ३८ अर्ब ६५ करोड राजस्व संकलन भएको थियो ।  चालु आवको ७ महिनामा ५१ अर्ब ७९ करोड बराबरको ५ लाख ८१ हजार ७ सय ९९ किलोलिटर डिजेल आयातबाट २३ अर्ब १० करोड राजस्व संकलन भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

त्यस्तै चालु आवको सात महिनामा २२ अर्ब १४ करोड मूल्य बराबरको दुई लाख ५५ हजार पाँच सय ४२ किलोलिटर पेट्रोल आयात हुँदा १४ अर्ब ४९ करोड राजस्व संकलन भएको छ । चालु आवको सात महिनाको अवधिमा २० अर्ब ९० करोड मूल्य बराबरको १८ करोड २९ लाख ९४ हजार छ सय २४ किलोग्राम एलपिजी आयात भएको छ । सो आयात हुँदा तीन अर्ब ९१ करोड राजस्व संकलन भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
लेखा समितिमा सत्तापक्ष र प्रतिपक्ष दलका सांसदहरुबीच चर्काचर्की
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
पक्राउ पुर्जीविरुद्ध विप्लवले गरे आन्दोलन घोषणा
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
सहकारी, लघुवित्त एवं मिटरब्याज पीडितले गरे काठमाडौंमा प्रदर्शन
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
पाकिस्तानसँगको दोस्रो टी–२० खेलमा वेस्ट इन्डिज दुई विकेटले विजयी
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
सर्लाहीका ४७ जना उखु किसान सम्मानित
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
ललितपुर महानगरको नयाँ प्रशासकीय भवन उद्घाटन, सेवा अझै प्रभावकारी हुने
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
काठमाडौंमा पानीका लागि ट्यांकरको भर पर्नु पर्दैन, बर्खामा मेलम्ची बन्द हुँदैन : मन्त्री यादव
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
रुपन्देही ३ को उपनिर्वाचनका लागि लेखजंग थापाले पाए टिकट
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ७ दिन हिरासतमा राख्न प्रहरीको माग
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा
विराटनगरमा आज रथयात्रा, तीन जिल्लामा सार्वजनिक विदा