सशस्त्रकी इन्स्पेक्टर ब्यारेकमै मृत भेटिएको घटना : छानबिन गर्न समिति गठन
११ फागुन, काठमाडौं । सशस्त्र प्रहरी बलकी इन्सपेक्टर सन्तोषी महतको मृत्यु घटनाको छानबिन गर्न समिति गठन भएको छ । राष्ट्रिय सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा कार्यरत डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
सिन्धुपाल्चोक घर भएकी सन्तोषी डोरीको पासो लगाएर झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् । पोखरास्थित हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटन ब्यारेकमा उनी इन्सपेक्टर बेसिकको तालिम गर्दै आएकी थिइन् । सन्तोषीको शव पोस्टमार्टम गर्ने तयारी भइरहेको बताइएको छ । उनी विसं २०७२ सालमा सशस्त्रको सिपाहीमा भर्ना भएकी थिइन् । उनले २०७८ सालमा असई र २०८१ सालमा इन्सपेक्टरमा नाम निकालेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment