१२ श्रावण २०८२, आईतवार

नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रूपैयाँ

 

११ फागुन, काठमाडौं । नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा ८७ अर्ब एक करोड रुपैयाँ पुगेको छ। आइतबार जंगी अड्डामा आयोजित पत्रकार सम्मेलनमा नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा ८७ अर्ब रकम पुगेको जानकारी दिएको हो।

जसमध्ये बैंक तथा वित्तीय संस्थाहरूमा ७९ अर्ब २८ करोड ५६ लाख नगद मौज्दात रहेको जनाएको छ। त्यसबाहेक विभिन्न परियोजनाहरूमा सेनाले ७ अर्ब ७२ करोड ४४ लाख रुपैयाँ बराबरको लगानी गरेको पनि जनाएको छ।  नेपाली सेना स्वास्थ्‍य विज्ञान संस्थानमा दुई अर्ब ३० करोड ९४ लाख र कल्याणकारी भवन तथा त्रिचन्द्र मिलिटरी हस्पिटलमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?