११ श्रावण २०८२, शनिबार

काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु

८ फागुन, काभ्रे ।

काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-३ कुण्डोलमा बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमानै मृत्यु भएको छ ।  जन्ती तेमाल पुर्‍याएर धादिङ फर्कने क्रममा ना ४ ख ८८१७ नम्बरको बस  सडकबाट २०० मिटर तल खस्दा तेमाल-१ का ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन् । उनलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी चौकी पचुवारघाटका प्रहरी हवल्दार शम्भु बोहोराले जानकारी दिए । प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?