तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
तोप नै हाने पनि अबको १७ महिना सरकार ढल्दैन : प्रधानमन्त्री

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् ।
  • सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् ।
  • ‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन ।

५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेससँगको गठबन्धनमा बनेको वर्तमान सरकार केही गरेर पनि नढल्ने दाबी गरेका छन् । सोमबार लुम्बिनी प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो दाबी गरेका हुन् । ‘कसले कतै गएर मिलिदेला भन्ने कुनै आशंका छैन । बलिया पार्टीहरू मिलेर बलियो सरकार बनाएको छ र स्थिरताकाा साथ डगमगाएको विश्वास पनि जगाएर लाग्नु छ,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।

कांग्रेससँगको सहमति अनुसार आफु लगभग ७ महिना प्रधानमन्त्री भइसकेको र अबको १७ महिनामा आफैं छाड्ने दाबी गरे । उनले आफूलाई हराउनेगरी कुनै पनि बल प्रयोग नगर्न पनि विपक्षीलाई आग्रह गरे । ‘यो सरकार ढलिहाल्छ भन्नेलाई मैले भनेँ अब १७ महिना पनि बाँकी छ कि छैन मेरो । मलाई लाग्छ ७ महिना बितिसक्यो, अब १७ महिना म चलाउँछु,’ प्रधानमन्त्री ओलीले भने, ‘१७ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाजीलाई प्रधानमन्त्री छाड्छु । यो त डिक्लियर छ । केपी ओलीलाई हराउनका लागि कुनै बल लगाउनु पर्दैन । आफैं छाड्छ बेला पुगेपछि ।’

उनले औषधि हालेर फलफूल पकाउने गरेको उदाहरण सुनाउँदै आफूलाई त्यसबाट कुनै असर नहुने जिकिर गरे । अर्को के भने, यो बोटैमा पकाउन दबाइ हाल्छन् कि हाल्दैन । तर, टिपेपछि चाहिँ केरा लगायतका फलफूलमा औषधि हाल्छन् क्या छिटो पकाउन । म छिटो पाक्ने खालको केराजस्तो फलफूल होइन । बोटैमा हाल कि निकालेर हाल त्यसबाट केही असर पर्दैन,’ प्रधानमन्त्री ओलीले भने । साथै, उनले १७ महिनासम्म तोप नै हाने पनि आफू नेतृत्वको सरकार नढल्ने बताए । ‘१७ महिनालाई तोप हानेपनि सरकार ढल्दैन । केही गरेपनि सरकार ढल्दैन । अथवा प्रधानमन्त्री ढल्दैन । सरकार त दुई तिहाई छ के ढल्नु नि ? १७ महिनापछि आफैं राजीनामा दिन्छु शेरबहादुरजीलाई दिन्छु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित
सुदूरपश्चिम प्रदेशका स्वास्थ्यकर्मीहरू आन्दोलित
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
सिरहामा १७ वर्षीया किशोरी मृत्युको घटनामा एसपीको नेतृत्वमा छानबिन समिति गठन
एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?
एनपीएलको अक्सनपछि कुन टिम कस्तो बन्यो ?
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
देशभर बढेको केबलकार निर्माणको गति, एक खर्ब बढी लगानी हुँदै
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
राजावादी र गणतन्त्रवादीका दुवै प्रदर्शनमा रास्वपा सहभागी नहुने
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
यातायात व्यवस्था सेवा कार्यालय पाल्पाले एक वर्षमै उठायो २० करोड बढी राजस्व
अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ
अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
काभ्रेबाट काठमाडौं उपत्यका प्रवेश गर्न सवारी साधनलाई रोक
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय
इलाम २ मा ११ बजेदेखि मतगणना सुरु गर्ने निर्णय