Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, फाल्गुन ४, २०८१
|
|
३५ पटक हेरिएको
Shares
अन्तर्राष्ट्रिय महिला फुटबलका लागि नेपाली टोली तयार

सारांश

  • अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ ।
  • प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् ।
  • नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए।

 

४ फागुन, काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा सोमबारदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता (ईन्टरनेशनल वुमन्स च्याम्पियनसिप) सुरु हुँदैछ । प्रतियोगिताका लागि नेपाली टोलीको तयारी पूरा भएको प्रशिक्षक र कप्तानले बताएका छन् । नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले सबै तयारी सकिएको बताए। ‘लगभग सबै तयारी सकिएको छ ।

बाहिरबाट आउने एन्जिला र रेखा आइसकेकी छन् । साम्बा (सावित्रा भण्डारी) भोलि बिहानसम्म आईपुग्छ। अब भोलिको लागि तयारी हुँदैछ।’ आइतबार भएको प्रि-म्याच कन्फ्रेरेन्समा प्रशिक्षक तामाङले भने । यस्तै कप्तान एन्जिला तुम्बापो सुब्बाले यो प्रतियोगिता नेपालको लागि राम्रो अवसर भएको बताए । ‘एन्फालाई धन्यवाद यो प्रतियोगिता आयोजनाका लगि । हाम्रो लागि यो ठूलो अवसर हो। उनले भनिन्, ‘साफ लगत्तै अर्को प्रतियोगिता खेल्न पाएका छौं। हाम्रो लागि र समर्थकको लागि राम्रो हो ।’

कप्तान एन्जिलाले टिमवर्क राम्रो रहेकोले बोलेर भन्दा पनि राम्रो खेल्नुपर्ने बताइन् । ‘हाम्रो तयारी राम्रो छ । विपओी टिमहरु पनि बलियो छ । जित्छौं ‍भनेर भन्ने भन्दा पनि मैदानमा प्रमाणित गर्नुपर्छ ।’ नेपालले सोमबार आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रंगशालामा साँझ ६ बजे सुरु हुनेछ ।त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच हुनेछ । प्रशिक्षक तामाङले नेपालले यसअघि कीर्गिस्तानसँग ६ वर्ष अघि खेलेको खेल जितेपनि अहिले टिम परिवर्तन भएको बताए।  ‘कीर्गिस्तानसँग ६ वर्षअघि खेलमा नेपाल ८-२ ले विजयी भएकोथियो ।

त्यसपछि खेलेको छैन । कीर्गिस्तानले अहिले खेल्ने फुटबल फरक छ । उनीहरुले सुधार गरेका छन् । हामीले राम्रो योजना बनाएर खृल्नुपर्छ । उनीहरु काउन्टर अट्याकमा खेल्छ त्यसमा हामीले ध्यान दिनुपर्छ ।’प्रशिक्षक तामाङले म्यानमार र लेबनान पनि राम्रो टिम रहेको बताए ।लेवनानिँग गत वर्ष वाफ च्याम्पियनसिपाा नेपाल वपजयी भएको थियो । तर, म्यानमारसँग भने नेपालले ३ खेल खेल्दा जित्न सकेको छैन ।यसपटक घरेलु मैदानमा घरेलु दर्शक माझ उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्यमा नेपाल रहेको छ।

अहिले महिला लिग भएकोले खेलाडीहरु सबै फिट रहनु राम्रो भएको प्रशिक्षक तामाङको भनाइ छ । कप्तान एन्जिलाले यसअघि भएका गल्ती कमजोरीहरु सुधार गर्दै राम्रो प्रदर्शन गर्ने बताइन् । यसैगरी म्यानमार, लेबनान र कीर्गिस्तानका प्रशिक्षक र कप्तानले यश प्रतियोगिता खेल्न पाउँदा खुशी लागेको र राम्रो प्रदर्शन गर्ने बताए । यस्तै यश प्रतियोगितालाई आसन्न एसियन वुमन्स कप क्वालिफायरको तयारीको रुपमा लिएको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
यस्तो छ आजको मौसम: पहाडी भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
राष्ट्रियसभामा शून्य समयः ‘कुलिङ पिरियड’को घटनाका दोषीलाई कारबाही गर्न माग
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
भोलिसम्मका लागि स्थगित भयो प्रतिनिधिसभा बैठक
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
भारतमा तीर्थयात्री बोकेको जिप दुर्घटना, ११ जनाको मृ*त्यु, ४ घाइते
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली
अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो : केपी शर्मा ओली
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
मिथिला माध्यमिकी परिक्रमा आज कञ्चन वन पुग्दै, आजैदेखि मिथिलाञ्चलमा होली सुरु
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
केपी ओलीलाई गिरफ्तार गर्ने भनेर राती ३ बजेसम्म मिटिङ भइरहेको छ : ओली
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ तर ऐन परिमार्जन गर्नुपर्छ : विप्लव अधिकारी
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु
४० दिनमा विपदका घटनामा ७० जनाको मृ*त्यु