२६ जेष्ठ २०८२, आईतवार

त्रिविको जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माओवादीको माग

 

४ फागुन, काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । आइतबार प्रतिनिधिसभामा आकस्मिक समयमा बोल्दै माओवादी सांसद दुर्गा राईले यस्तो माग गरेकी हुन् ।

‘हजार रोपनी भन्दा बढी त्रिविको जग्गा छानबिन समितिको रिपोर्ट गायब भएको भन्ने के हो ? यसबारे संसद्‍मा सरकारले जवाफ दियोस्,’ उनले भनिन् । सरकारले त्रिविको जग्गाको प्रयोग विषयमा छानबिन समिति नै बनाएर अध्ययन गरेको छ । जग्गा खोजबिन समितिले अध्ययन प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाइसकेको छ । तर, सार्वजनिक नगरिएको भनेर माओवादी सांसद राईले सार्वजनिक गर्न माग गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment