दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, फाल्गुन २, २०८१
|
|
३८ पटक हेरिएको
Shares
दिनभर खोजी गर्दा पनि भेटिएनन् त्रिशूलीमा बेपत्ता भएका युवक

सारांश

  • नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिकको खोजी कार्य जारी छ ।
  • शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका थिए ।
  • उनको शुक्रबार दिनभर गोताखोरसहितको टोलीले खोजी गरेको थियो ।

२ फागुन, काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा उछिट्टिएर त्रिशूली नदीमा बेपत्ता भएका भारतीय सैनिकको खोजी कार्य जारी छ । शुक्रबार बिहान करि ११ बजेर ५५ मिनेटमा भएको दुर्घटनापछि चितवनको भरतपुर महानगरपालिका–१ स्थित रामपुर बस्ने २७ वर्षीय रोहित राना त्रिशूली नदीमा बेपत्ता भएका थिए ।

उनको शुक्रबार दिनभर गोताखोरसहितको टोलीले खोजी गरेको थियो । ‘अहिले ६ बजेसम्म हामीले खोजी जारी राख्यौं, तर केही भेट्टाउन सकिएन,’ इलाका प्रहरी कार्यालय मुग्लिनकी इन्सपेक्टर निरला भण्डारीले भनिन्, ‘भोलि बिहानबाट फेरि खोजी सुरु गर्छौं ।’ रात परेकाले खोज्न असम्भव भएपछि अहिले आफूहरू फर्किएको उनले बताइन् । बा ००६–०२ प ९२०४ नम्बरको मोटरसाइकलमा एक्लै काठमाडौंका लागि रामपुरबाट निस्किएका राना दुर्घटनामा परेका थिए ।

सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट खटिएको गोताखोरको टोलीले खोजी गरेको थियो । ती व्यक्ति मोटरसाइकलबाट नदीमा खसेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । लमजुङको साविक चन्दरेश्वर गाविस–३ घर भई हाल चितवनको भरतपुर महानगरपालिका–१ रामपुर बस्ने उनी भारतीय सेनामा कार्यरत थिए । घटनास्थलमा उनले बोकेको पर्स, केही कागजात, लुगा, जुत्ता भेटिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
सशस्त्र प्रहरी बल राष्ट्रको भरोसायोग्य सुरक्षा अंग बनेको छ : प्रधानमन्त्री कार्की
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
मिटरब्याजविरुद्ध देशव्यापी संघर्ष, माग पूरा नभए आन्दोलनको चेतावनी
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
राप्रपाद्वारा प्रधानमन्त्रीलाई तीनकुने घटनाको सन्दर्भमा ५ बुँदे मागसहित ध्यानाकर्षण पत्र
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत
तीन दलका शीर्ष नेताबीच छलफल
तीन दलका शीर्ष नेताबीच छलफल
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
एकै व्यक्तिको दोहोरो जन्मदर्ता गर्ने वडा सचिवविरुद्ध भ्रष्टाचार मुद्दा
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
चितवन राष्ट्रिय निकुञ्जबाट हिउँचितुवाको छाला र हड्डीसहित दुई जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफलसहित कास्कीबाट २ जना पक्राउ
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति
धनगढीका चारवटा पसलमा आगलागी, डेढ करोड बराबरको क्षति