विराटनगरबाट ब्राउन सुगरसहित एक जना पक्राउ
मोरङ– विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहीबार दिउँसो इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री झापा बिर्तामोड-६ का १८ वर्षीय रोहित राजवंशीको साथबाट १४ ग्राम ७८ मिलिग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो। पक्राउ परेका उनको घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment