११ श्रावण २०८२, शनिबार

बन्द गर्न अटेर गरेपछि अवैध अस्पतालका सञ्चालक पक्राउ

 

१ फागुन, जनकपुरधाम । मधेश सरकारको निर्देशनलाई अटेर गर्ने जनकपुरका एक निजी अवैध अस्पतालका सञ्चालक पक्राउ परेका छन् । गत शनिबार मधेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरका २० वटा अस्पतालको छड्के अनुगमन गरेका थिए ।

त्यस क्रममा दर्ता नरहेका अस्पतालहरूलाई आइतबारसम्म बन्द गरेर साँचो सरकारलाई बुझाउन निर्देशन दिएका थिए । तर, दर्ता नरहेको जनकपुर मोडर्न हस्पिटलले निर्देशनको अवज्ञा गर्दै सञ्चालन जारी राखेपछि सञ्चालक राम भरोस महतोलाई प्रहरीले पक्राउ गरेको हो । मुख्यमन्त्री सिंह र स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहको टोली पुनः अनुगमनमा पुगेपछि सो अस्पताल बन्द नगरेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?