बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
४२ पटक हेरिएको
Shares
बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष  समारोह सम्पन्न गरीएको छ ।

सारांश

  • बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
  • संबिधान दिवश मुलसमारोह समितिको आयोजनामा मुख्यमन्त्री कार्यलयमा आयोजित समारोहलाई सम्बोधन गदै बागमती प्रदेशका  प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा अघि बढ्न सबैलाई प्रेरित गरेको बताउनु भयो ।
  • संबिधानले बिकाशको मार्गचित्र कोरेको बताउदै उहाँले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै गएको बताउनुभयो ।
प्रमोद सहनी
३ असोज, हेटौंडा । बागमती प्रदेशमा संबिधान दिवशका अबसरमा बुधबार बिशेष समारोह सम्पन्न गरीएको छ ।
संबिधान दिवश मुलसमारोह समितिको आयोजनामा मुख्यमन्त्री कार्यलयमा आयोजित समारोहलाई सम्बोधन गदै बागमती प्रदेशका  प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानले परिकल्पना गरेको विकास र समृद्धिको शिखरमा पुग्ने अभियानमा अघि बढ्न सबैलाई प्रेरित गरेको बताउनु भयो । संबिधानले बिकाशको मार्गचित्र कोरेको बताउदै उहाँले प्राप्त गरेको संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै गएको बताउनुभयो । संबिधानले जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधता युक्त नेपाली समाजलाई बृहत राष्ट्रिय एकताको सुत्रमा बाँध्ने काम गरेको समेत प्रदेश प्रमुख शर्माले बताउनुभयो ।
बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेलको अध्यक्षतामा भएको कार्यक्रममा संबिधान दिबशका अबसरमा आयोजना भएक बिभिन्न कार्यक्रमका बिजयीहरुलाई पुरस्कार बितरण गरीएको थियो । कार्यक््रममा मुख्यमन्त्री जम्कटेलले  नेपाली जनताको लामो सङ्घर्ष, त्याग र बलिदानपछि जननिर्वाचित
प्रतिनिधीहरुले संविधान निर्माण गरी जारी गरेको ऐतिहासिक आश्विन ३ गते रहेकाले यो दिनलाई भरपुर उत्साह र उमङ्गका साथ ‘संविधान दिवस’ का रुपमा मनाईरहेको बताउनुभयो ।  कार्यक्रममा प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगानारायण श्रेष्ठले मौलिक अधिकारमा रहेका विषयमा कानून निर्माण गरी कार्यान्वयनमा जान नसक्दा जनताका अपेक्षा अझै पनि पूरा हुन नसकेको बताउनु भयो ।

जनताका अपेक्षा पूरा गर्न, राष्ट्रिय आवश्यकतालाई सम्बोधन गर्न र आर्थिक समृद्धि हासिल गर्न स्थानीय तह र प्रादेशिक संरचनालाई संघीय सरकारले सँगसँगै अगाडि बढ्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनु भयो ।  कायक्रममा प्रदेशका पहिलो मुख्यमन्त्री डोरमणि पौडेल,प्रदेशका उच्च तहका कर्मचारीहरु, लगाएत हेटौडा उपमहानगरपालीका क्षेत्रका टोलबिकाश संस्थाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
जेनजी आन्दोलनका घट्नामा नियोजित तत्वको भूमिका छ, अनुसन्धान हुँदैछ: मन्त्री सिन्हा
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
गृहमन्त्री लेखकद्वारा धनुषा जिल्ला प्रशासन कार्यालय भवनको शिलान्यास
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
सेनाका जवान काठमाडौँबाट पेस्तोलसहित पक्राउ
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
धनगढीबाट हराएका बाजुराका बालक ६ दिन पछि परिवारको सम्पर्कमा
आज कुन विदेशी मुद्राको भाउ कति ?
आज कुन विदेशी मुद्राको भाउ कति ?
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
त्रिभुवन विश्वविद्यालयको नक्कली शैक्षिक प्रमाणपत्रसहित एक जना पक्राउ
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
कास्कीको मिजुरे डाँडामा भूकम्पको धक्का
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
जय ट्रफी : आर्मी १२१ रनमा अलआउट, ललितले लिए ७ विकेट
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय
पूर्वन्यायाधीश सिन्हा सहकारी तथा गरिबी निवारण मन्त्रीमा सिफारिस, दिइयो दुई मन्त्रालय