अयोध्याको रामजन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन
३० माघ, नयाँ दिल्ली । अयोध्यास्थित राम जन्मभूमि मन्दिरका मुख्य पुजारी आचार्य सत्येन्द्र दासको निधन भएको छ । बुधबार बिहान ७ः१५ बजे दासको निधन भएको हो । ८५ वर्षीय महन्त दासलाई फेब्रुअरी ३ मा ब्रेन स्ट्रोक भएको थियो । यसपछि, उनलाई लखनऊको सञ्जय गान्धी पोस्ट ग्रेजुएट इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा भर्ना गरिएको थियो । गत हप्ता मात्र, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ उनको स्वास्थ्य अवस्था बुझ्न अस्पताल गएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment