टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, आश्विन ३, २०८०
|
|
३५ पटक हेरिएको
Shares
टीकापुर घटनाका ३ जना कैलाली कारागारबाट रिहा हुँदै

सारांश

  • संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् ।
  • संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुने भएका हुन्।
  •  कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए।

३ असोज, धनगढी । संविधान दिवसको अवसरमा टीकापुर घटना मुद्दा खेपिरहेका ३ जना कैदी बन्दी कैलाली काराबारबाट रिहा हुने भएका छन् ।

संविधान दिवसका अवसरमा कैद माफी पाएर टीकापुर हत्याकाण्डमा संलग्नताको कसुरमा जेल जीवन बिताइरहेका तीन जना रिहा हुने भएका हुन्। कैलाली कारागारमा जेल जीवन बिताइरहेका ९ जना बुधबार रिहा भइरहेको प्रमुख पदमराज तिमिल्सिनाले बताए। उनका अनुसार तीमध्ये ३ जना टीकापुर हत्याकाण्ड मुद्दाका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलबाट संविधान दिवसका अवसरमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार बाँकी कैद माफी गरिएपछि उनीहरु रिहा हुन लागेका हुन्। टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी, जानकी गाउँपालिका–७ मोतीपुरका हरिनारायण चौधरी र जानकी–७ लट्कनियाका प्रदीप चौधरी रिहा आज रिहा भइरहेका छन्। यसअघि टीकापुर घटनाका मुख्य नाइके मानिएका रेशमलाल चौधरी गणतन्त्र दिवसको अवसरमा गत जेठ १५ गते रिहा भएका थिए। उनी तीनै तहको अदालतबाट दोषी ठहर भएका थिए।

चौधरी नागरिक उन्मुक्ति पार्टीका संरक्षक छन्। वि.सं. २०७२ सालमा टीकापुरमा थरुहट आन्दोलनको क्रममा बालक, सुरक्षाकर्मीसहित ८ जनाको हत्या भएको थियो। कैलाली कारागारबाट कैदी रिहा हुने भएपछि नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेता, मन्त्री, सांसद स्वागतका लागि धनगढी पुगेका छन्।भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ, संघीय सांसद र प्रदेश सांसद तथा मन्त्री र नेताहरू रिहा भएकाहरूलाई स्वागत गर्न धनगढी पुगेका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
लागुऔषध गाँजा सहित चार जना प्रहरी नियन्त्रणमा
म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली
म विनाको एमाले कल्पना नगरे हुन्छ : ओली
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जसपाले बोलायो केन्द्रीय कार्यकारिणी समितिको बैठक
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो:  दुर्गा प्रसाईं
जेनजी आन्दोलन पनि पश्चिमाहरुको डिजाइमा भयो, अब राजसंस्था आवश्यक भइसक्यो: दुर्गा प्रसाईं
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
भैसेपाटीको मन्त्री क्वार्टरसँगैको टहरामा आगलागी
बुटवलमा एकै परिवारका तीन जनाको ह*त्या
बुटवलमा एकै परिवारका तीन जनाको ह*त्या
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
मन्त्रालयलाई बालेनको जवाफ : धरहराको पार्किङ बन्द हुँदैन, पत्र केपी ओलीलाई लेख्नू
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
राप्रपाका नेता रविन्द्र मिश्र र धवलशमशेर पक्राउ
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’
शेयर विवादबारे गृहमन्त्री सुधन गुरुङको स्पष्टीकरणः ‘हल्ला होइन, प्रमाणका आधारमा निर्णय हुनुपर्छ’