दोलखामा महिलामाथि खुकुरी हान्ने प्रयास, यस्तो छ कारण

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ २९, २०८१
|
|
३८ पटक हेरिएको
Shares
दोलखामा महिलामाथि खुकुरी हान्ने प्रयास, यस्तो छ कारण

सारांश

  • सोमबार(हिजो) देखि सामाजिक सञ्जालहरुमा एक महिलामाथि पुरुषले खुकुरी प्रहारको प्रयास गरिएको देखिने भिडियो भाइरल बनेको छ ।
  • भिडियोमा कसैले शिक्षिकामाथि आक्रमण लेखेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेम प्रस्ताव अस्वीकार गर्दा आक्रमण भन्दै लेखेका छन् ।
  • दोलखाको भनिएको घटनाको वास्तविकता भने फरक रहेको छ ।

२९ माघ,  काठमाडौं । सोमबार(हिजो) देखि सामाजिक सञ्जालहरुमा एक महिलामाथि पुरुषले खुकुरी प्रहारको प्रयास गरिएको देखिने भिडियो भाइरल बनेको छ । भिडियोमा कसैले शिक्षिकामाथि आक्रमण लेखेका छन् भने कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ताले प्रेम प्रस्ताव अस्वीकार गर्दा आक्रमण भन्दै लेखेका छन् ।

दोलखाको भनिएको घटनाको वास्तविकता भने फरक रहेको छ । दोलखाको बैतेश्वर गाउँपालिका वडा नम्बर ६ मा यो घटना भएको प्रहरीले जनाएको छ । दोलखा प्रहरीका अनुसार यो घटना अंशबन्डा विवादसँग जोडिएको पाइएको छ । फूपुका छोराले मामाको छोरीमाथि खुकुरी प्रहारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । बैतेश्वर गाउँपालिका वडा नम्बर ६ की ४१ वर्षीय उषा तामाङमाथि सोमबार बिहान ९ बजे आक्रमणको प्रयास भएको प्रहरीको भनाइ छ ।तामाङलाई उनका मामाका छोरा सुन्दर अधिकारीले बाटोमै रोकेर धकेल्दै खुकुरी देखाएका थिए । पीच रोडको एकटा कुनामा सुन्दरले उषालाई धकेल्दै खुकुरी हान्न खोजेको भिडियोमा देखिन्छ ।

तामाङमाथि खुकुरी प्रहार हुन लाग्दा स्थानीयले देखेपछि सुन्दरमाथि उनीहरु खनिएका थिए भने उषा भाग्न सफल भएकी थिइन्। प्रहरीका अनुसार अंशबन्डासम्बन्धी मुद्दामा सुन्दर अधिकारीले जिल्ला अदालतबाट फैसला जितेका थिए । त्यसपछि उषाले उच्च अदालतमा पुनरावेदन दिएकी थिइन् । यही विषयमा आक्रोशित भई सुन्दरले खुकुरी प्रहारको प्रयास गरेको बताइएको छ। उषा तामाङ बैतेश्वर माध्यमिक विद्यालयकी शिक्षिका हुन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
अर्थतन्त्र सुधारोन्मुख छ, तर म सन्तुष्ट छैन : अर्थमन्त्री पौडेल
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
वर्षाका कारण देशभरका सात राजमार्ग अवरुद्ध
केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक
केयूको उपकुलपतिका लागि १० जनाको संक्षिप्त सूची सार्वजनिक
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
कप्तान पुजा महतो जनकपुरको ‘फेस अफ बोल्ट्स्’ घोषित
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
काभ्रेमा जन्ती पुर्‍याएर फर्किएको बस दुर्घटना, एक जनाको मृत्यु
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
त्रिवेणी सिन्थेटिकले तिर्यो डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत महसुल बक्यौताको पहिलो किस्ता
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ
पूर्वडीआईजी छविलाल जोशी काठमाडाैंबाट पक्राउ