१० श्रावण २०८२, शुक्रबार

अनलाइनबाटै ३ अर्ब रुपैयाँभन्दा बढी ठगी, २ भारतीयसहित ७ जना पक्राउ

 

१८ माघ, काठमाडौँ — ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा २ भारतीयसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कैलालीका २२ वर्षफय माइकल डंगौरा, २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौंका २१ वर्षीय पियुष श्रेष्ठ, दोलखाका १९ वर्षीय अश्विन चौलागाईं, रौतहटका २२ वर्षीय सत्यमकुमार सहनी रहेका छन् ।

यस्तै भारतका ३६ वर्षीय मुन्ना कुमार र २७ वर्षीय रोशन कुमार रहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । कम्युटर इन्जिनियरिङ पढ्दै गरेका उनीहरूले डेढ वर्षदेखि ठग्दै आएको खुलासा भएको छ । शाहीका अनुसार हालसम्म प्राप्त डिजिटल फरेन्सिक अनुसन्धानको रिपोर्ट अनुसार उनीहरूले ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेका छन् । उनीहरूले विभिन्न व्यक्तिहरुलाई परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको सीआईबीले बताएको छ।

उनीहरूले विभिन्न बैंक र डिजिटल वालेट प्रयोगकर्तालाई आफूहरू सोही बैंक र वालेटबाट बोलेको भन्दै फोन गरी सिस्टम अपडेटका नाममा ओटीपी मागेर खाताबाट पैसा चोरी गर्दै आएका थिए । सामाजिक सञ्जालहरूमा अनलाइन जब गर्न सकिने भनेर मानिसहरूको माग गरेर उनीहरूको बैंक तथा वालेट आफैंले प्रयोग गर्ने र त्यसरी आएको रकम संकलन गर्ने गरेको शाहीले बताए । उनीहरूविरुद्ध प्रहरीले संगठित रूपमा ठगीका साथै अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारको कसुरमा अनुसन्धान गरिरहेको सीआईबीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?