सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ १६, २०८१
|
|
४१ पटक हेरिएको
Shares
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभएर सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताएका छन् ।
  • बुधबार सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री लेखकले सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गरेका छन्।
  • नेपाल सरकार विधिको शासन बलियो बनाउने र समतामूलक समाज निर्माण गर्ने दिशामा निरन्तर अग्रसर छ।

१६ माघ, काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहिद दिवस केवल सम्झना गर्ने दिन मात्र नभएर सहिदहरूको बलिदानलाई सार्थक बनाउन सबैले संकल्प गर्ने अवसरको दिन पनि रहेको बताएका छन् ।

बुधबार सहिद दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै गृहमन्त्री लेखकले सहिदहरूको संघर्ष र बलिदानकै कारण हामीले आजको स्वाधीनता, लोकतान्त्रिक शासन प्रणाली र नागरिक स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गरेका छन्। नेपाल सरकार विधिको शासन बलियो बनाउने र समतामूलक समाज निर्माण गर्ने दिशामा निरन्तर अग्रसर छ। सहिद परिवारहरूको सम्मान र हितमा सरकार सँधै प्रतिबद्ध छ। सहिदहरूले देखाएको मार्गबाट हामीले समाजलाई समृद्ध बनाउँदै राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ’, गृहमन्त्री लेखकले भनेका छन्।

गृहमन्त्री लेखकले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना, मानव अधिकार र सामाजिक न्यायका लागि आफ्नो जीवन बलिदान दिएका सहिदहरूप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धाञ्जली समेत व्यक्त गरेका छन्। ‘सम्पूर्ण सहिदहरूप्रति पुनः हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँहरूको बलिदानलाई सार्थक बनाउने प्रण गर्दछु’, गृहमन्त्री लेखकले भनेका छन्, ‘सहिद दिवस २०८१ ले राष्ट्रिय एकता, लोकतान्त्रिक मूल्य, मान्यता र सुशासन प्रवर्द्धन गर्न थप प्रेरणा प्रदान गर्नेछ भन्ने आशा लिएको छु।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
सर्वोच्च अदालतका २५ हजार मिसिलमा ३ हजार मात्रै सुरक्षित
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
‘डेडिकेटेड’ महसुल तिर्न उद्योगीद्वारा सामूहिक अस्वीकार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
मन्त्रीको पहलमा १२ संघीय अस्पतालमा सेवा थप तथा विस्तार
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
कात्तिकभित्रै बक्यौता भुक्तानी गर्ने सहमतिपछि दूध किसानले रोके आन्दोलन
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
इजरायलको आक्रमण : गाजामा ७८ जना मारिए
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
वर्षापछि बाढी र पहिरो जाँदा ६ ठाउँमा सडक अवरुद्ध
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
सडक निर्माणले मालिकाधुरी जाने यात्रा अवधि छोटियो
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
रुपन्देहीमा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु, ४ जना गम्भीर
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
काठमाडौँ प्रशासनले भन्यो : दुर्गा प्रसाईँलाई तीनकुनेमा कार्यक्रम गर्न अनुमति छैन
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो
स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो