दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ १५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
दिल्लीमा ४ तले भवन भत्कियो, उद्धार कार्य जारी, एक बालिकाको शव भेटियो

सारांश

  • भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् ।
  • सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो ।
  • लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो ।

 

१५ माघ, काठमाडौं । भारत नयाँदिल्लीको बुराडी क्षेत्रमा चार तले भवन भत्किँदा कयौं मजदुरहरु फसेका छन् । सोमबार साँझ करिब सात बजे भवन भत्किएको खबर दिल्ली प्रहरीले पाएको थियो । लगत्तै दमकल र एम्बुलेन्ससहित उद्धार टोली खटिएको थियो ।

उद्धार टोलीले पुरिएको अवस्थामा एक आठ वर्षीया बालिकालाई मृत फेला पारेको जनाएको छ । १२ जनालाई बचाइएको र अझै १५–२० जना फसेको हुनसक्ने अनुमान गरिएको दिल्ली प्रहरीले जनाएको छ । यसैबीच दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले घटनामा दुःख व्यक्त गर्दै सांसद संजिव झाको नेतृत्वमा खोज, उद्धार र राहत वितरणको काममा प्रशासनलाई सघाउन निर्देशन दिएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ