२६ जेष्ठ २०८२, आईतवार

धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम

 

१४ माघ,  जनकपुरधाम– धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका लागि विशेष ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम’ नामक यो अभियान धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टहरूमार्फत सञ्चालनमा आएको हो ।

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

धनुषा जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै यस प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेको उनले बताए । कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीहरूले सडकमा दुई पाङ्ग्रे सवारी चालकहरूलाई रोक्दै उनीहरूलाई ट्राफिक नियम, हेलमेटको अनिवार्य प्रयोग, गति नियन्त्रण र अन्य सुरक्षासम्बन्धी जानकारी दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment