धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, माघ १४, २०८१
|
|
३९ पटक हेरिएको
Shares
धनुषा ट्राफिक : ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट’ कार्यक्रम

सारांश

  • ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम’ नामक यो अभियान धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टहरूमार्फत सञ्चालनमा आएको हो ।
  • दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।
  • धनुषा जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै यस प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेको उनले बताए ।

१४ माघ,  जनकपुरधाम– धनुषा जिल्ला ट्राफिक प्रहरी कार्यालयले दुई पाङ्ग्रे सवारी दुर्घटनाको जोखिम न्यूनीकरण र रोकथामका लागि विशेष ट्राफिक सचेतना कार्यक्रम सुरु गरेको छ । ‘दुई पाङ्ग्रे सवारी चालकसँग दुई मिनेट कार्यक्रम’ नामक यो अभियान धनुषा जिल्लाका विभिन्न ट्राफिक पोस्टहरूमार्फत सञ्चालनमा आएको हो ।

दुई पाङ्ग्रे सवारी साधनले ७० प्रतिशत दुर्घटना भइरहेकोले दुर्घटनाको दर घटाउनु, सवारी चालकलाई सुरक्षित यात्राका लागि आवश्यक जानकारी दिनु र ट्राफिक नियमको पालना गर्न सचेत गराउनु कार्यक्रमको मुख्य उद्देश्य रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

धनुषा जिल्ला ट्राफिक कार्यालयले पछिल्लो समय दुई पाङ्ग्रे सवारी साधनको संख्यामा भएको वृद्धिले सवारी दुर्घटनाको जोखिम बढ्दै गएको निष्कर्ष निकाल्दै यस प्रकारको सचेतना कार्यक्रमको आवश्यकतालाई पहिचान गरेको उनले बताए । कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीहरूले सडकमा दुई पाङ्ग्रे सवारी चालकहरूलाई रोक्दै उनीहरूलाई ट्राफिक नियम, हेलमेटको अनिवार्य प्रयोग, गति नियन्त्रण र अन्य सुरक्षासम्बन्धी जानकारी दिनेछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
नेपाल बैंकका अध्यक्ष डा. चन्द्रबहादुर अधिकारीको खातामा ७४ लाख घुस
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
तीनकुने घटनाबारे गृहमन्त्री : संविधान च्यात्ने र व्यवस्था मास्ने प्रयास
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
१०–१५ हजारका जुलुस सधैं निस्किन्छन्, भोलि पनि हुने त्यही हो : प्रधानमन्त्री
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
आँबुखैरेनी बस दुर्घटनामा १८ जनाको शव निकालियो
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल
जनताको विश्वास जित्न सबैलाई उचित तरिकाले सम्बोधन गर्नुपर्छ : माधव नेपाल
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
खेलाडी देशको गौरव हुन्ः मन्त्री चौधरी
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
गुल्सनले ५ विकेट लिँदा मधेशको ब्याटिङ ध्वस्त, १२९ रनमा अलआउट, मयनको अर्धशतक
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयनका लागि पठाउन सभामुखको निर्देशन
ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक
ममाथिको आक्रमण राजनीतिक हो : गृहमन्त्री लेखक