अखिल क्रान्तिकारीको मतगणनामा विवाद

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, माघ १३, २०८१
|
|
२५ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीको मतगणनामा विवाद

सारांश

  • अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ ।
  • विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए ।
  • मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो ।

१३ माघ, काठमाडौं ।

अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन गर्न भएको निर्वाचनको मतगणना विवादका कारण रोकिएको छ । विश्वविद्यालय र विशेष प्रदेशको मतगणना सुरु गर्नुअघि निर्वाचन समितिले कालो मसीले मतदान भएको जानकारी गराएपछि उम्मेदवारका प्रतिनिधिहरुले विरोध जनाएका थिए । मतदान गर्ने स्थानमा रातो साइनपेन राखिएको थियो । तर कालो मसीले पनि मतदान भएको जानकारी निर्वाचन समितिका प्रतिनिधिहरुले गराएका थिए । अध्यक्षका उम्मेदवार विजय सापकोटाका प्रतिनिधि यादव ढुंगाना र रमेश खड्काले कालो मसीलाई पनि मान्यता दिनुपर्ने भनाइ राखेका थिए भने अर्का उम्मेदवार उपदेश यादवका प्रतिनिधिहरुले त्यसको विरोध गरेका थिए । राति अबेरसम्म यसमै गलफत्ती परेपछि मतगणना रोकिएको हो ।

उपदेश यादव पक्षकाले विशेष प्रदेश, विश्वविद्यालय प्रदेश र मधेशलाई आफ्नो आधार क्षेत्र ठान्ने गर्दछन् । त्यसैले रातो–कालो मसीको विवादमा उपदेश यादव पक्षले बढी विरोध जनाएको देखिन्छ । विशेष प्रदेशमा २६४, विश्वविद्यालय प्रदेशमा २५८ र मधेश प्रदेशमा १९५ मत खसेको छ । मधेश प्रदेशमा पनि करिब आधा मत गणना गरेर रोकिएको छ । त्यहाँ उपदेशले सबैभन्दा धेरै ३० मत पाएका छन् । अध्यक्षका अर्का प्रत्यासीद्वय विजयप्रकाश सापकोटा र हेमन्त राईले समान २०/२० मत पाएका छन् ।

अहिलेसम्म प्राप्त मतपरिणाम अनुसार विजय र हेमन्तबीच कडा प्रतिस्पर्धा छ । उपदेश तेस्रो र सुदिन पौडेल चौथो स्थानमा छन् । विजय प्रचण्ड निकट, हेमन्त जनार्दन शर्मा निकट, उपदेश नारायणकाजी श्रेष्ठ निकट र सुदिन वर्षमान पुन निकट मानिन्छन् ।  उनीहरुले अघोषित रुपमा प्यानल बनाएर चुनावमा प्रतिस्पर्धा गरेका थिए । निर्वाचन शनिबार बालमिकी विद्यापीठ प्रदर्शनीमार्गमा भएको थियो । मतगणना पनि सोही स्थानमा भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न :  परीक्षण उत्पादन सुरु हुँदै
२५ मेगावाटको सेती जलविद्युत् आयोजना सम्पन्न : परीक्षण उत्पादन सुरु हुँदै
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
सहकारी ठगी प्रकरणमा रविलाई पक्राउ गर्न प्रहरी परिचालन
‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव
‘जनतासँग जसपा नेपाल’ लिएर सप्तरीमा उपेन्द्र यादव
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
सामान्य सुधारले अर्थतन्त्रका समस्या समाधान हुने देखिएन : प्रधानमन्त्री
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
आधुनिक प्रवृत्तिसँगै देखिने खर्चिलोपनलाई न्यूनीकरण गर्दै मौलिक संस्कृति जोगाउन अत्यावश्यक’
अमेरिकन एयरलाइन्सको विमानमा आगलागी
अमेरिकन एयरलाइन्सको विमानमा आगलागी
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप सुरु हुँदै, उपाधिका लागि ८ राष्ट्र प्रतिस्पर्धामा
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
अब ‘लोडसेडिङ’ हुँदैन : मन्त्री खड्का   
कार्यदलको बैठक आज पनि बस्दै
कार्यदलको बैठक आज पनि बस्दै
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना
करदाता सेवा कार्यालय खारेजीविरुद्ध प्रशासन कार्यालय अगाडि धर्ना