सेयर मूल्य हालसम्मकै उच्च भएका यी ११ कम्पनी
११ माघ काठमाडौं । गत साउन ३१ गते ३ हजार अंकसम्म पुगेको बजार असोज १३ गते २४६४ अंकसम्म झरेको थियो । त्यसयता बजार उतारचढाव हुँदै अहिले २६५४ अंकमा कायम भएको छ । पछिल्ला केही साता सेयर बजारको उतारचढाव न्यून रहे पनि करिब एक दर्जन कम्पनीले भने नयाँ रेकर्ड बनाएका छन् ।
बजारमा सूचीकृत ११ कम्पनीको सेयर मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । यसअघि कम्पनीले दिएको हकप्रद तथा बोनस सेयर समायोजनलाई पनि आधार मान्दा यी ११ कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो । यसरी उच्च मूल्यमा पुगेका कम्पनीमा अधिकांश हाइड्रोपावर सेक्टरका छन् । ४ हाइड्रोपावर, ३ विकास बैंक, १ लगानी, १ लघुवित्त, १ निर्जीवन बीमा र १ जीवन बीमा कम्पनीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment