विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, माघ ८, २०८१
|
|
२६ पटक हेरिएको
Shares
विमानस्थलमा घाँस काट्न साढे ८८ लाखको ठेक्का

सारांश

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एप्रोन, र अन्य क्षेत्रमा घाँस काट्न वार्षिक ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको छ ।
  • नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षसम्म घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिएको हो ।
  • मकवानपुरको यो कम्पनीले ८८ लाख ४४ हजार ७६४ रुपैयाँमा विमानस्थलभित्र घाँस काट्ने ठेक्का पाएको हो ।

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग, ट्याक्सीवे, एप्रोन, र अन्य क्षेत्रमा घाँस काट्न वार्षिक ८८ लाख ४४ हजार रुपैयाँको ठेक्का लागेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले एक वर्षसम्म घाँस काट्ने ठेक्का शिवभक्त पार्वती निर्माण सेवालाई दिएको हो ।

मकवानपुरको यो कम्पनीले ८८ लाख ४४ हजार ७६४ रुपैयाँमा विमानस्थलभित्र घाँस काट्ने ठेक्का पाएको हो । यो कम्पनीको बोलपत्र स्वीकृत भएको प्राधिकरणले जानकारी दिएको छ । प्राधिकरणले इबिडिङ सिस्टममा बाट आवेदन दिएका कम्पनीमध्येबाट यो कम्पनीलाई सार्वजनिक खरिद ऐन २०६३ को दफा २७ को उपदफा २ अनुसार छनोट गरेको जानकारी दिएको छ । यससँगै प्राधिकरणले अन्तर्राष्ट्रिय र आन्तरिक टर्मिनल भवनको विभिन्न खालको मर्मत गर्न २ करोड ५६ लाख रुपैयाँको ठेक्का लगाएको छ ।

यस्तो ठोक्का रामेछाप पीआर जेभी पेप्सीकोलाले पाएको छ । यसले विमानस्थलको टर्मिनल विल्डिङमा मर्मत र सम्बन्धित तोकिएको काम गर्नुपर्ने छ । प्राधिकरणले धावनमार्गमा रवर हटाउने र अन्य प्राविधिक काम गर्न काम गर्न प्यागोडा इफ्रा कन्ट्रक्सनलाई जिम्मा दिएको छ । यो कम्पनीलाई ९ करोड २८ लाख रुपैयाँको काम गर्ने गरी जिम्मा दिने गरी ठेक्का स्वीकृत गरेको प्राधिकरणले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
दक्षिण कोरियाका पूर्वराष्ट्रपति यूनविरुद्ध पक्राउ पुर्जी जारी
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
राष्ट्रपतिले प्रधानमन्त्री‍, मन्त्री र राजनीतिक दलसँग छलफल गर्दै
टहरा भत्काएर सडक विस्तार
टहरा भत्काएर सडक विस्तार
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
पशुपति मन्दिरमा करिब डेढ लाख भक्तजनहरुले गरे दर्शन
बाल यौन दुराचार आरोपमा एक  शिक्षक पक्राउ
बाल यौन दुराचार आरोपमा एक शिक्षक पक्राउ
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्री अल बुसाइदीबीच द्विपक्षीय भेटवार्ता
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
२५ वर्षअघिका प्लसटुका विद्यार्थीले मौका परीक्षा दिन पाउने
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
बिस्काः जात्राको अवसरमा तीनदिन सार्वजनिक बिदा
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
दार्चुलाको तपोवन केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प, स्थानीयमा त्रास
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र
गृहमन्त्रीको राजीनामा नआएसम्म संसद अवरोध कायमै रहन्छ : माओवादी केन्द्र