२६ जेष्ठ २०८२, आईतवार

भयानक दुर्घटना : ट्रकको ठक्करपछि मोटरसाइकलसँगै जले युवक

 

४ माघ, काठमाडौं- शुक्रबार सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डमा एउटा भयानक दुर्घटना भएको छ । उक्त सडकखण्डको ८ किलोनजिकै मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एकजना युवकको जलेर ज्यान गएको प्रहरीले जनाएको छ।

दोलखाबाट काठमाडौं जाँदै गरेको ०३-००२ ख ०५३४ नम्बरको मालबाहक ट्र्कले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२-०३३ प ७३०६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । ट्रकको ठक्करपछि मोटरसाइकलमा लागेको आगो सल्किँदा सिन्धुपाल्चोककै लिसंखुपाखर-७ डाँडापाखर निवासी युवक दावाछिरिङ तामाङको जलेर निधन भएको हो ।

ट्रकले ठक्कर दिएपछि मोटरसाइकलमा आगलागी भएको थियो । मोटरसाइकलको पेट्रोलबाट आगोले एकै पटक विशाल रुप लिँदा तामाङ घटनास्थलमै जल्न पुगे । स्थानीयले पानी खन्याएर आगो निभाउन कोसिस गरे पनि सफल हुन सकेनन् । पानी खन्याएर आगो ननिभ्दा मोटरसाइकल चालक तामाङ घटनास्थलमै जलेर ज्यान गुमाउन बाध्य भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

Post Comment