रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, माघ ४, २०८१
|
|
३३ पटक हेरिएको
Shares
रौतहटमा अपराधका घटनामा न्युनिकरण, प्रहरीद्वारा २ सय ६४ फरार अभियुक्त पक्राउ

सारांश

  • जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्म अदालतबाट दोषी ठहर भएका २ सय ६४ जनालाई पक्राउ गरेको छ ।
  • रौतहट प्रहरीले आर्थिक बर्ष २०८१-०८२ को पहिलो ६ महिनाको प्रगति बिबरण सार्वजनिक गदै बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको छ ।
  • गत आर्थिक बर्षमा प्रहरीले पहिलो ६ महिनामा २ सय ६९ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालत बुझाएको थियो ।

 

 

४ माघ, रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले आर्थिक बर्ष २०८१-०८२ को गत साउनदेखि पुस मसान्तसम्म अदालतबाट दोषी ठहर भएका २ सय ६४ जनालाई पक्राउ गरेको छ । रौतहट प्रहरीले आर्थिक बर्ष २०८१-०८२ को पहिलो ६ महिनाको प्रगति बिबरण सार्वजनिक गदै बिभिन्न मितिमा जिल्लाका बिभिन्न स्थानबाट बिभिन्न मुद्दामा दोषी ठहर भएका अभियुक्त पक्राउ गरी अदालतमा बुझाएको छ ।

गत आर्थिक बर्षमा प्रहरीले पहिलो ६ महिनामा २ सय ६९ जना फरार अभियुक्तहरुलाइ पक्राउ गरि अदालत बुझाएको थियो । प्रहरीले अदालतको फैसला कार्यान्वयनलाइ उच्च प्राथामिकतामा राखेर काम गरिराखेको र आउदा दिनहरुमा अझ धेरै संख्या बढने जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक दिलिप घिमिरेले जानकारी दिएका छन । यसैगरी गत साउन महिना यता रौतहट प्रहरीले २ करोड ४२ लाख ७७ हजार ४ सय ४३ रुपैया मुल्य बराबरको सिमा क्षेत्रबाट चोरी निकाशीका समानहरु बरामद गरी गौर भन्सार कार्यालयमा बुझाएको रौतहट प्रहरी प्रमुख घिमिरेले जानकारी दिए ।

सो अबधिमा अबैध समान ओसार पसार गर्ने ६६ जना मानिस, १ सय ८ वटा मोटरसाइकल,२ थान पिकअप भ्यान,२ थान स्कारपियो गाडी,१४ वटा साइकल र ४ वटा सिटी रिक्सा समेत बरामद गरि गौर भन्सार कार्यालय बुझाएको उनले जानकारी दिएका छन ।यहि अबधिमा जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले ६८ लाख २४ हजार ५ सय रुपैया राजस्व संकलन गरेको उपरिक्षक घिमिरेले बताएका छन । यसैगरी रौतहटमा पछिल्लो समय जबरजस्ती करणीको घटनाहरु घटेको उपरिक्षक घिमिरेले बताए । गत साउन देखी पुस सम्ममा रौतहटमा १३ वटा मात्रै जरबजस्तीका घटनाहरु दर्ता भएको र जसमा ६ वटा ६ वटा मुद्दा फछयौट गरेको समेत जानकारी दिए । अघिल्लो आर्थिक बर्षको पहिलो ६ महिनामा जबरजस्ती करणीको २१ वटा दर्ता भएको उनको भनाइ छ ।

यसैगरी यस छ महिनाको अबधिमा कर्तब्य ज्यानको ४ वटा मुद्दा मात्रै दर्ता भएको एसपी घिमिरेले जानकारी दिए । आर्थिक बर्ष २०८०-०८१ को पहिलो ६ महिनामा ९ वटा कर्तब्य ज्यान मुद्दा दर्ता भएको थियो । यस्तै यस अबधिमा ३८ वटा चोरीको मुद्दा,१५ वटा लागु औषधका मुद्दा,६ वटा हात हतियार खरखजना मुद्दा र ४ वटा मुद्रा सम्बन्धी मुद्दा दर्ता भएको समेत उनले जानकारी दिए । प्रहरीका अनुसार श्रोत नखुलेको १५ लाख रकम सहित ३ जना मानिस समेत यस अबधिमा पक्राउ परेका छन ।

त्यस्तै २ वटा स्कारपियो,२१ वटा मोटरसाइकल सहित २४ जना सवारी साधन चोरीको आरोपमा पक्राउ परेको समेत उनले जानकारी दिएका छन् । प्राकृतिक श्रोत सम्बन्धी रौतहट प्रहरीले ८२ लाख ८ हजार ७ सय मुल्य बराबरको १ सय १७ क्युफिट काठ,२३ वटा सवारी साधन बरामद गरि डिभिजन वन कार्यालय रौतहटलाइ बुझाएको समेत प्रहरी उपरिक्षक घिमिरेले जानकारी दिएका छन् । अघिल्लो बर्षको तुलनामा रौतहटमा प्रहरीको संयम्ता र दुरदृष्टिको कारण पछिल्लो समय अप्रिय घटना हुन नपाएको प्रहरी उपरिक्षक घिमिरेले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
आज वैशाख २९ गते शुक्रबार, यस्तो छ आजको राशिफल। 
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
हाम्रा दूतावास कुखुराको खोरभन्दा साना छन् : परराष्ट्रमन्त्री
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
रिङ्कु सदालाई न्याय दिलाउन सहयोग गर्ने अध्यक्ष प्रचण्डको प्रतिबद्धता
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
खेलकुद क्षेत्रको दिगो विकासका लागि ‘पेसएक्स स्पोटर्स’ नामक संस्था स्थापना हुँदै
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
कश्मिरमा भएको आतंककारी हमलाको राष्ट्रसंघद्वारा निन्दा
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
भारत र पाकिस्तानबीच रातभर तनाव, अमेरिकाले भन्यो– आक्रमण बन्द गर
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
दोस्रो दिनको प्रदर्शन प्रमुख नेताको निवास केन्द्रित
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
बागमती नदी कोरिडोरलाई सफा राख्न मन्त्री घिसिङको निर्देशन
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
मुग्लिन नारायणघाट सडकखण्डको पहिरो पन्छाउने काम सुरु, वैकल्पिक सडक प्रयोग गर्न अनुरोध
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक
गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ सर्वाजनिक