इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
४४ पटक हेरिएको
Shares
इजरायल-हमास युद्धविराम, १५ महिनादेखि जारी युद्ध अन्त्य

सारांश

  • यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ ।
  • अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् ।
  • छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ ।

 

३ माघ,  काठमाण्डु- लामो प्रयासपछि इजरायल र हमासबीच बहुप्रतीक्षित युद्धविराम गर्ने तथा बन्धकहरू छाड्ने सहमति भएको छ । यससँगै पन्ध्र महिनादेखि जारी युद्ध अन्त्य हुने आशा बढेको छ । अमेरिकी राष्ट्रपति जो बाइडनले सम्झौताको पुष्टि गर्दै त्यसमा पूरा र सम्पूर्ण युद्धविराम, गाजाबाट इजरायली फौज फिर्ता र हमाससँग भएका सबै बन्धकहरूको रिहा समेटिएको जनाएका छन् ।

छ साता लामो हुने युद्धविरामको पहिलो चरणमा केही इजरायली बन्धकहरू छाडिनेछ । त्यसको साटो इजरायलले प्यालेस्टिनी बन्दीहरू समेत छाड्ने र केही क्षेत्रबाट इजरायली फौज फिर्ता हुनेछ । यदि सो चरण सफल भएमा स्थायी युद्धविरामका लागि वार्ताहरू हुनेछन् । यस सम्झौताले प्यालेस्टिनीहरूसम्म थप सहायता पुग्ने बाटो खोलिदिनेछ । भविष्यमा गाजामा कसले शासन गर्नेछ भन्ने र के इजरायल त्यस भूभागबाट पूर्ण रूपमा बाहिरिनेछ भन्ने सवाललाई पछि सम्बोधन गरिनेछ । हमाससँग अझै ९४ जना बन्धकहरू छन् । तीमध्ये ३४ जनाको मृत्यु भइसकेको हुनसक्ने ठानिएको छ । राष्ट्रपति बाइडनले यस सम्झौता इजराली बन्धकका परिवारमा लामो समयदेखि रहेको प्रतीक्षाको अन्त्य र प्यालेस्टिनीहरूलाई पुनस्र्थापनाको अवसर रहेको बताएका छन् ।

उनले गाजाबासीहरू भयानक अवस्थाबाट गुज्रिएको र अब उनीहरू हमासबाट मुक्त भएर बाँच्न सक्ने आशा गरेको बताएका छन् । कार्यकालको अन्त्यमा रहेका बाइडनले यस सम्झौता आफूले यसअघि मे महिनामा अघि सारेकै ढाँचामा रहेको बताए । अमेरिकी राष्ट्रपति–निर्वाचित डोनल्ड ट्रम्पले ह्वाइटहाउसले भन्दा अगाडी यस सम्झौता घोषणा गरेका थिए । उनले त्यो आफ्नो राष्ट्रपतीय जितपछि मात्र सम्भव भएको बताए । इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले यस प्रयासका लागि भन्दै बाइडन र ट्रम्प दुवैलाई धन्यवाद दिएका छन् । सम्झौताको खबर फैलिएसँगै गाजाभर हर्षोल्लास छाएको छ । डेर अल–बलाह र खान यूनिसबाट प्राप्त तस्बिरमा मानिसहरू खुसीसाथ प्यालेस्टिनी झण्डा बोकेर नाराबाजी गरेको देखिन्छ । अन्यत्र इजरायली हमला भएका विवरण समेत छन् ।

हमासद्वारा सञ्चालित नागरिक प्रतिरक्षा निकायका अनुसार बुधवार मात्र इजरायली हवाई हमलाका कारण २० जना मानिसहरू मारिएका छन् ।इजरायली बन्धकहरूका परिवारहरू हर्ष र राहत महसुस गरेका छन् । उनीहरूमा सम्झौता पूर्ण रूपमा कार्यान्वयन नहुने पो हो कि भन्ने चिन्ता समेत देखिन्छ । गाजा युद्धको क्षति सन् २०२३ को अक्टोबर ७ मा हमासले दक्षिण इजरायलमा गरेको अप्रत्याशित हमलामा १,२०० जनाको मृत्यु हुनुका साथै २५१ जना बन्धक बनाइएका थिए । त्यसपछि हमासविरुद्ध इजरायलले सुरु गरेको प्रत्याक्रमणमा गाजामा ४७,००० भन्दा बढी मानिस मारिएका हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
बाफलमा स्टिकर तथा मेडल गोदाममा आगलागी, डेढ घण्टामा नियन्त्रण
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
विशेष महाधिवेशनले नेतृत्व परिवर्तन गर्न सक्दैन, पार्टी फुट्न दिन्न : डा.कोइराला
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
सहकारी ठगीमा चन्द्रागिरि-१२ का वडाध्यक्ष पक्राउ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
सिंहदरबार जलाउनेलाई कुनै हालतमा छुट दिन सकिँदैनः नारायणकाजी श्रेष्ठ
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
दुर्गा प्रसाईंको प्रदर्शनमा काठमाडौँका सात स्थानबाट जुलुस निकालिँदै, यस्तो छ रुट
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
महामन्त्री थापा स्याङ्जाका पर्यटकीय स्थलहरुको भ्रमणमा
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
जेनेस सलुशन  र सीबीएफआइएन बिच बैंकिङ क्षेत्रमा बढ्दो साइबर सुरक्षा जोखिम कम गर्न सहकार्य
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वसभासद् शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी
सुदूरपश्चिममा गठबन्धनका तीनैजना विजयी