पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
२६ पटक हेरिएको
Shares
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित

सारांश

  • प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ ।
  • बुधबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो ।
  • गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले ९.

 

२ माघ, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट २०८१ मा एपीएफ क्लबले लगातार दोस्रो जित हासिल गरेको छ । बुधबारको पहिलो खेलमा एपीएफले गण्डकी प्रदेशलाई ८ विकेटले हराएको हो । गण्डकीले दिएको ७१ रनको लक्ष्य एपीएफले ९.३ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफकी कप्तान इन्दु बर्माले अवजित २६ रन बनाउँदा ओपनर ममता चौधरीले १८ तथा रोमा थापाले अविजित १६ रन बनाइन् । गण्डकीका आकृति तिवारी र यसोदा भुजेलले एक-एक विकेट लिए ।

खराब मौसमका कारण ढिला गरी सुरू भएको खेल १५ ओभरमा झारिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको गण्डकीले १५ ओभरमा ५ विकेट गुमाएर ७० रन बनाएको थियो । गण्डकीका लागि ओपनर सृजना पौडेलले सर्वाधिक २५ तथा रेखा तामाङले १७ र श्रेया शाहीले १३ रन बनाइन् । एपीएफकी बिनु बुढाले २ तथा करुणा भण्डारीले १ विकेट लिए । गण्डकीको यो दोस्रो हार हो । पहिलो खेलमा गण्डकी सुदूरपश्चिमसँग पराजित भएको थियो भने एपीएफले कर्णाली प्रदेशलाई हराएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?