राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, माघ २, २०८१
|
|
३२ पटक हेरिएको
Shares
राष्ट्र बैंकले फेरि ४० अर्ब निक्षेप खिच्दै

सारांश

  • तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई निक्षेप संकलनमार्फत खिच्न लागेको हो।
  • बैंकले बुधबार २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ।
  • बैंकले आजै दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गराउँदै छ।

 

२ माघ, काठमाडौँ, नेपाल राष्ट्र बैंकले ४० अर्ब रकम बैंक तथा वित्तीय संस्थाबाट खिच्ने भएको छ। तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रहेको तरलतालाई निक्षेप संकलनमार्फत खिच्न लागेको हो। बैंकले बुधबार २१ दिने निक्षेप संकलन उपकरण जारी गर्दै बैंक तथा वित्तीय संस्थालाई बोलकबोलमा सहभागी हुन आह्वान गरेको छ। बैंकले आजै दिउँसो २ बजे अनलाइनमार्फत बोलकबोल गराउँदै छ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने रकमसहित बोलकबोलमा सहभागी हुन पर्नेछ। बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट संकलन गरेको निक्षेप माघ २३ गते ब्याजसहित फिर्ता गर्नेछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?