सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, पौष २९, २०८१
|
|
१८ पटक हेरिएको
Shares
सकिएन थुनछेक बहस ,रवि लामिछाने अझै दुईदिन हिरासतमा रहने

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् ।
  • सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ ।
  • यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् ।

२९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने कम्तिमा थप दुई दिन न्यायिक हिरासतमा रहने भएका छन् । सोमबारबाट सुरु भएको थुनछेक बहस नसकिएपछि पर्सि (बुधबार) हुनेगरी आजका लागि सकिएको छ । यो सँगै लामिछाने सोमबार र मंगलबार पनि काठमाडौं प्रहरीको हिरासतमा रहने भएका छन् । भोलि (मंगलबार) सरकारी बिदा भएका कारणले बुधबार मात्रै थुनछेक बहस हुने भएको हो । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा लामिछानेविरुद्ध पनि मुद्दा दर्ता भएको थियो ।

उक्त मुद्दाको बयानका लागि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए । बयान नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले आइतबार हिरासत पठाउने आदेश गरेका थिए । सोमबार पनि रवि पक्षका वकिलहरूले बाहिरै राख्न अनुरोध गरेका थिए । तर, उनले आइतबारको आदेशलाई नै निरन्तरता दिइएको इजलासबाटै जानकारी गराएका छन् । उनले भने, ‘पर्सि (बुधबार) बाट फेरि निरन्तर सुनुवाइ हुनेछ ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
विश्व प्रदूषित सहरमा काठमाडौं दोस्रो नम्बरमा
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
काठमाडौं महानगरले तोक्यो फूल बिक्री गर्ने स्थान
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
प्रधानमन्त्री कार्कीद्वारा तीन वटा महत्त्वपूर्ण दस्ताबेज सार्वजनिक गर्ने निर्णय
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
टेलिकमको सेवा सुधार गर्न सञ्‍चारमन्त्रीको निर्देशन
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
अब पठाओ एपबाट हेलिकप्टर पनि बुक गर्न मिल्ने
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
पार्टीभित्रको फरक विचारलाई सम्मान गर्न नसके तानाशाही प्रवृत्ति बढ्छ :सांसद शाही
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
सरकारले औपचारिकाताका लागि मात्रै नीति तथा कार्यक्रम ल्याएको देखियो : अध्यक्ष लिङ्देन
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
इजरायली राष्ट्रपतिसँग नेपाली राजदूतको टेलिफोन संवाद, विपिन जोशीबारे छलफल
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन