सर्लाहीको बलरामा उखु खेतमा आगलागी , झन्डै डेढ लाखको क्षति
सारांश
- शुक्रबार दिउँसाे २ बजे बलरा नगरपालिका-९ निबासी शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर जलाउने क्रममा छेउमा रहेकाे उखुबारीमा आगाे सल्किएकाे प्रहरीले जनाएकाे छ ।
- पत्करमा लगाएकाे आगाे अनियन्त्रित भई स्थानीय निरज सिंह र पंकज सिंहको १२ कठ्ठामा रहेको उखुबारीमा आगाे सल्कन पुगेकाे थियाे ।
- प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसाे साँढे ३ बजे आगाे नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
२७ पुस, सर्लाही – आगलागीबाट बलरामा १ लाख ५० हजार रूपैंया बराबरकाे उखु नष्ट भएकाे छ । शुक्रबार दिउँसाे २ बजे बलरा नगरपालिका-९ निबासी शंकर राय यादवले आफ्नो खेतमा रहेको उखुको पत्कर जलाउने क्रममा छेउमा रहेकाे उखुबारीमा आगाे सल्किएकाे प्रहरीले जनाएकाे छ ।

पत्करमा लगाएकाे आगाे अनियन्त्रित भई स्थानीय निरज सिंह र पंकज सिंहको १२ कठ्ठामा रहेको उखुबारीमा आगाे सल्कन पुगेकाे थियाे । प्रहरी र स्थानीयहरुको सहयोगमा दिउँसाे साँढे ३ बजे आगाे नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।


कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया