बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?
२६ पुस, काठमाडौं- नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य बढेको छ । आज छापावाल सुन प्रतितोला ८ सय रूपैयाँले बढ्दा १ लाख ५४ हजार १ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो ।
यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला पाँच रूपैयाँ बढ्दा १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment