Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २०, २०८१
|
|
४० पटक हेरिएको
Shares
बेलायतको संसद्‌मा डा. शेखर कोइरालाले सम्बोधन गर्ने

सारांश

  • शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन्।
  • उनले आगामी माघ १ (१३ जनवरी) का दिन संसद् भवनभित्र आयोजना हुने विशेष कार्यक्रममा सम्बोधन गर्ने जानकारी दिइएको छ।
  • कोइरालालाई बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसले निमन्त्रणामा बेलायत जान लागेका हुन्।

 

२० पुस,  काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बेलायतको संसद् (वेस्ट मिनिस्टर) मा सम्बोधन गर्ने भएका छन्। उनले आगामी माघ १ (१३ जनवरी) का दिन संसद् भवनभित्र आयोजना हुने विशेष कार्यक्रममा सम्बोधन गर्ने जानकारी दिइएको छ।

कोइरालालाई बेलायतको एसिया मामला हेर्ने विदेश राज्यमन्त्री क्याथराईन वेष्ट र उद्योग व्यापार वाणिज्यमन्त्री ग्यारेथ थोमसले निमन्त्रणामा बेलायत जान लागेका हुन्। उनी पुस २८ मा बेलायत प्रस्थान गर्ने कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए। यसअघि कुनै पनि नेपाली सांसदले बेलायती संसद्मा सम्बोधन गरेका छैनन्। बेलायतले कांग्रेसका ‘वरिष्ठ नेता’ को उपाधि दिँदै सम्बोधनको निमन्त्रणा पठाएको कोइरालाको सचिवालयले जनाएको छ। कोइरालालाई नेपालको सबैभन्दा पुरानो दल कांग्रेसको प्रतिनिधित्व गर्नेगरी बेलायतमा निमन्त्रणा दिइएको हो। यसअघिको १३ औँ महाधिवेशनमा कोइराला वर्तमान सभापति शेरबहादुर देउवासँग पराजित भएका थिए।

अहिले देउवासँग कोइराला समर्थकले ‘वरिष्ठ नेता’ दिन माग गरिरहेका छन् र विगतको कांग्रेस दृष्टान्त पनि सभापतिमा हार व्यहोरेको निकटतम् प्रतिस्पर्धीलाई ‘वरिष्ठ नेता’ दिने चलन थियो। देउवाले वरिष्ठ नेता दिन अनकनाइ राखेका बेलायत संसद्कै जननी मानिएको बेलायतले भने कोइरालालाई ‘वरिष्ठ नेता’कै रूपमा निमन्त्रणा दिएको छ। कोइरालाले सम्बोधन गर्ने कार्यक्रममा बेलायतका एसिया मामिला हेर्ने विदेश राज्यमन्त्री, उद्योग, व्यापार तथा बाणिज्य मन्त्रीका साथै वेलायती सांसदहरूको उपस्थिति रहनेछ। बेलायतको संसद् भवन भित्र यसरी त्यहाँका मन्त्री र सांसदलाई सम्बोधन गर्ने अवसर पाउने शेखर कोइराला पहिलो नेपाली नेता हुनेछन्। नेपाल र बेलायतबीचको सम्बन्ध २०० वर्षभन्दा पुरानो हो।

नेपाल–बेलायतबीचको सम्बन्ध दक्षिण एसियाकै पुरानो र सुदृढ कूटनीतिक सम्बन्ध हो। आजभन्दा १० वर्षअघि नै नेपाल–बेलायतबीच २ सय वर्षको सम्बन्धलाई स्मरण गर्न बेलायती विदेश मन्त्रालयले भव्य समारोह आयोजना गरेको थियो। नेपालले सन् १९३४ मै बेलायतस्थित लण्डनमा दूतावास स्थापना गरेको हो। नेपालको शिक्षा, स्वास्थ्य र विकासमा बेलायतको हरेक वर्ष सहयोग रहँदै आएको छ। बेलायती सेनामा नेपालीलाई भर्ती लिएर बेलायतको सुरक्षाको संवेदनशिल क्षेत्रमा नेपालीलाई नै राखिने गरेको छ। बेलायती पूर्वमहारानी एलिजा बेथ द्वित्तीया र वर्तमान चार्ल्सले पटकपटक नेपाल भ्रमण गरेका छन्। नेपालको संसदीय मोडल पनि बेलायती नै हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंको बाइपासमा एक युवक मृत फेला
काठमाडौंको बाइपासमा एक युवक मृत फेला
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
मलंगवा नगरपालिकाले चार करोड खर्च गरेर बनाएको भवन अलपत्र
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
सञ्चारमन्त्रीलाई देउवाले भने- कांग्रेसको प्राथमिकता निर्वाचन हो, संसद् पुनर्स्थापना होइन
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
नेपाल–भारत खुला सीमा व्यवस्थित गर्न सर्वोच्च अदालतको ४ बुँदे परमादेश (पूर्णपाठ)
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
अन्तरिम सरकारको सिफारिसमा पहिलो अध्यादेश जारी
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
माेटरसाइकल ठोक्किँदा बारामा दुई जनाको मृत्यु
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
बरहथवामा प्रहरीकै अगाडि स्वास्थ्यकर्मीमाथि आक्रमणको प्रयास, प्रहरी मूकदर्शक
त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह
त्रिशूली नदी किनारका नागरिकलाई सतर्क रहन आग्रह