पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु
२० पुस, काठमाडौं । पत्रकार श्यामसुन्दर पुडासैनीको मृत्यु भएको छ । उनको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो । पारिवारिक स्रोतका अनुसार उनको चाबहिलको हेल्पिङह्याण्ड अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
हृदयघातको लक्षण देखिए पनि मृत्युको खास कारण थाहा भइसकेको छैन । पुडासैनी नेपाल भ्युज अनलाइनमा कार्यरत थिए । त्यसअघि माउन्टेन टेलिभिजन, प्राइम टेलिभिजन, रेडियो अन्नपूर्ण लगायत मिडियामा काम गरिसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment