सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, पौष १९, २०८१
|
|
३७ पटक हेरिएको
Shares
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर

सारांश

  • सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ ।
  • सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।
  • सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।

 

१९ पुस, काठमाडौं  । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।

सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ । यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ । दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ