Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सभापति कप फुटबल विजेतालाई २६ लाख

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, पौष १८, २०८१
|
|
४५ पटक हेरिएको
Shares
सभापति कप फुटबल विजेतालाई २६ लाख

सारांश

  • प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका आठ र आमन्त्रित दुई विदेशी टोलीसहित १० टोलीको सहभागिता रहने बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले जानकारी दिनुभयो ।
  • माघ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई २६ लाख र उपविजेता टोलीलाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।

 

१८ पुस,नेपाली कांग्रेस अन्तर्गत नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ महाधिवेशन निर्देशन समीतिको आयोजनामा माघ १० गते देखि सभापति कप फुटबल हुने भएको छ ।

प्रतियोगितामा ‘ए’ डिभिजन क्लबका आठ र आमन्त्रित दुई विदेशी टोलीसहित १० टोलीको सहभागिता रहने बिहीबार कांग्रेस पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिता आयोजक समितिका संयोजक महोनबहादुर बस्नेतले जानकारी दिनुभयो । माघ १० गतेसम्म चल्ने प्रतियोगिताको विजेता टोलीलाई २६ लाख र उपविजेता टोलीलाई १३ लाख रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा सञ्चालन हुने प्रतियोगिता त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा हुनेछ ।  यस्र्तै समितिकै आयोजनामा दुर्गादत्त जोशी स्मृति राष्ट्रिय तेक्वान्दो प्रतियोगिता माघ १८ गतेदेखि कैलालीको धनगढीमा हुने जानकारी दिइयो । तीनदिने प्रतियोगिताको सिनियर र जुनियरतर्फ क्योरागीमा २० र पुम्सेमा ६ गरी २६ स्पर्धामा खेल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ