बढ्यो पेट्रोलको मूल्य, प्रतिलिटर कति पुग्यो ?
१७ पुष , काठ्मान्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज विज्ञप्ति जारी गर्दै यसबारेमा जानकारी दिएको छ । इण्डियन आयल कर्पोशनबाट पेट्रोल, डिजेलको मूल्य बढेर आएको र हवाई इन्धनको मूल्य भने घटेर आएकाले मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।
अब पेट्रोल प्रतिलिटर पहिलो वर्गमा १६०.५०, दोस्रोमा १६२ र तेस्रोमा १६३ रुपैयाँ भएको छ भने डिजेल पहिलो वर्गमा १५०, दोस्रोमा १५२ र तेस्रोमा १५३ रुपैयाँ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
Post Comment