११ श्रावण २०८२, शनिबार

सर्लाहीमा बसले किच्दा सशस्त्र प्रहरी इन्सपेक्टरको मृत्यु

 

काठमाडौं । सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।

गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त घटना भएको हो ।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
4
+1
0
+1
0

Post Comment

छुटाउनुभयो कि ?