प्रधानमन्त्री प्रचण्डको आह्वान सर्वदलीय बैठक, न्यूयोर्क र चीन भ्रमणबारे छलफल
२४ भदौ, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरुको संयुक्त बैठक बसिरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका विषयमा संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गरेका छन् । चीन भ्रमणका विषयमा सुझाव लिन प्रधानमन्त्रीले सिंहदरबारमा सर्वदलीय बैठक बोलाएका हुन् । बैठक अहिले जारी छ ।
बैठकमा प्रधानमन्त्रीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जनमतका सिके राउत, लोसपाका महन्थ ठाकुरलगायत नेताहरू सहभागी छन् । त्यस्तै पूर्व कुटनीतिज्ञहरू पनि सहभागी छन् । प्रधानमन्त्री राष्ट्र संघीय महासभामा भाग लिन ३० भदौमा अमेरिका जाँदैछन् । उनी अमेरिकाबाटै चीन भ्रमणमा जानेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1