१० श्रावण २०८२, शुक्रबार

सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।

२३ भदौ सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।

शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप र ढुंगामुढा हुदा सदरमुकाम मलंगवामा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले शनिबार कर्फ्यू आदेश संगै आइतवारदेखि थप ४ दिनकालागि निषेधाज्ञा आदेश जारी गरेको छ।

शुक्रवार मात्रै झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए। शनिबार बिहानदेखि स्थानिय केही युवाहरूले नगरको विभिन्न चौकमा टायर बालेर पर्दर्शन र केही ठाउँमा ढुंगामुढा गरेपछि अति आवश्यक पसल बाहेक अन्य पसलहरू बन्द गरेसँगै ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका थिए। अवस्था समान्य भएपनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्येनजर गर्दै निषेधाज्ञा आदेश जारी गरेको जिल्ला प्रसाशन कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/ बाबा पेट्रोल पम्म) सिमा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी मिति २०८०।०५ | २४ गते विहान ८:०० बजे देखि मिति २०८० । ०५ । २७ गते राती १२:०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

छुटाउनुभयो कि ?