प्रहरी जवानले आफैँमाथि चलाए गोली

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
२७ पटक हेरिएको
Shares
प्रहरी जवानले आफैँमाथि चलाए गोली

सारांश

  • टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए।
  • ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।

१३ पुस, कञ्चनपुर- जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन्।

टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए। ‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए।’

उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइयो। त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्‍याइएको छ। न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
रोल्वालिङ हिमपहिरोमा हराइरहेका ४ जनाको उद्धार, तीन जनाको मृ*त्यु, बेपत्ताको खोजी जारी
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
स्वास्थ्य बिमाः बोर्डमा जम्मा रकम एक अर्ब, भुक्तानी दायित्व १६ अर्ब ४५ करोड
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
सुन्धारा कारागारबाट टोपबहादुर सहित ३३ सय कैदी फरार
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
ट्रकको ठक्करबाट २ बालकको मृत्युपछि अवरुद्ध भएको पृथ्वी राजमार्ग खुल्यो
सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस
सशस्त्रका एसएसपी पाठक डीआईजी बढुवाका लागि सिफारिस
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
मिडियाको सम्बोधनप्रति आपत्ति जनाउँदै प्रधानमन्त्रीको प्रश्न- भाषाको कद घटाउने ?
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
सिंहदरबारको दक्षिण गेटमा कालो झण्डा देखाउँदै प्रदर्शन गरेको आरोपमा ६ जना पक्राउ
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
मधेसका ५ सांसदलाई पदमुक्त गरेको सूचना राजपत्रमा प्रकाशित
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु
गैंडाको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

तपाईंले छुटाउनुभयो कि?