Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, पौष ९, २०८१
|
|
५१ पटक हेरिएको
Shares
प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

सारांश

  •   लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकास गर्न साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् ।
  • नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।
  • मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए ।

९ पुस, लुम्बिनी । 

लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकास गर्न साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको बताएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको छलफलमा मुख्यमन्त्री आचार्यले प्रदेशभित्रको कला, संस्कृति, साहित्य, सीप, ज्ञानविज्ञान तथा सम्पदाहरूको संरक्षण गर्न साझेदारी गरेर अघि बढ्न तयार रहेको बताएका हुन् ।

मुख्यमन्त्री आचार्यले प्रदेश प्रज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउने तयारी भइरहेको जानकारी दिए । ‘प्रदेश पज्ञा प्रतिष्ठान गठनका लागि विधेयक अगाडि बढाउँछौं,’ उनले भने, ‘प्रदेशभित्रको कला, साहित्य, संस्कृति, सम्पदा संरक्षणका लागि सरकार प्रतिबद्ध छ ।’ कुलपति हार्तम्छालीले प्रदेशमा ललितकलाको अध्ययन, अनुसन्धानको विषयलाई प्राथमिकतामा राख्न अनुरोध गरे । कलाकृतिहरूको सृजना तथा तिनको प्रदर्शन गर्नुका साथै कलाहरूको विविध विधामा अध्ययन, अनुसन्धान र अन्वेषण गर्न जरुरी रहेको बताए।

भेटमा ललितकला प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव देवेन्द्र थुम्केलीले दाङको गढवालाई सेरामिक्स हब बनाउनेगरी कार्यक्रम अघि बढाएको जानकारी दिए । देशकै सेरामिक्स हब गढवा बन्ने, यहाँको माटो र माटोबाट बनेका भाँडा विश्वबजारमा पुर्याउने, वार्षिक १० देखि १५ करोडको कारोबार गर्न सकिने सम्भाव्यता अध्ययनले देखाएको छ । यसका साथै प्रादेशिक ललितकला प्रदर्शनीको आयोजना गर्न थालिएको बारेमा समेत जानकारी गराइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
होली पर्व भव्य र सभ्य रुपले मनाउन युवा नेता दुबेको आग्रह
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
बाँकेको बाल सुधारगृहमा झडप हुँदा ५ जनाको मृ*त्यु
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ मेरो ध्यान केन्द्रित छैनः अर्थमन्त्री खनाल
शेखर–गगन समूहले माग्यो ४ मन्त्री
शेखर–गगन समूहले माग्यो ४ मन्त्री
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
७ महिनामा ९ खर्ब रेमिट्यान्स भित्रियो
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
विराटनगरमा आज कांग्रेसको निर्वाचन समीक्षा कार्यक्रम, सभापति थापा सहभागी हुँदै
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स भिड्दै
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति
मन्त्री घिसिङद्वारा सूर्यविनायक–धुलिखेल सडकको अनुगमन, हाल सम्म ४५ प्रतिशत मात्र प्रगति